default_image

2 years ago

June 11, 2022

शनकाको विष्फोटक अन्त्यमा श्रीलंकाको अप्रत्याशित जित

एजेन्सी– कप्तान दासुन शनकाको विष्फोटक ब्याटिङमा श्रीलंकाले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियामाथि ४ विकेटको अप्रत्याशित जित हात पारेको छ । योसँगै तीन टि२० आईको सिरिज श्रीलंकाले १–२ ले गुमाएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका जितमा कप्तान दासुन शनका २५ […]

81 views

0 Bookmark

एजेन्सी– कप्तान दासुन शनकाको विष्फोटक ब्याटिङमा श्रीलंकाले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियामाथि ४ विकेटको अप्रत्याशित जित हात पारेको छ । योसँगै तीन टि२० आईको सिरिज श्रीलंकाले १–२ ले गुमाएको छ ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका जितमा कप्तान दासुन शनका २५ बलमा ५ चौका र ४ छक्कासहित ५४ रनमा अविजित रहे ।

अन्तिम १८ बलमा जितको लागि ५९ रन चाहिँएको अवस्थामा विश्वस्तरिय तीव्र गतिका बलर अष्ट्रेलियाका बलरसामू विष्फोटक ब्याटिङका साथ श्रीलंकाको जित पक्का गराए ।

शनकाले १८ औं ओभरमा जोश हेजलवुडलाई दुई चौका र दुई छक्कासहित २२ रन जोडे । अन्तिम ६ बलमा जितको लागि १९ रन चाहिँएाको अवस्थामा शनकाले केन रिचर्ड्सलाई तेस्रो र चौथो बलमा चौका तथा पाँचौं बलमा छक्का सहित जित दिलाए ।
श्रीलंका धनुष्का गुणथिलका १५, पाथुम निसंका २७, चरिथ असलंका २६ र भानुका राजपक्षे १७ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । अष्ट्रेलिया स्टिभ स्मिथ २७ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा अविजित रहे । मार्कस स्टोइनिस २३ बलमा १ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । आरोन फिन्च २९, डेविड वार्नर ३९ र ग्लेन म्याक्सवेल १६ रनमा आउट भए ।

श्रीलंका स्पिनर महेश थेक्सनाले सर्वाधिक दुई विकेट लिए । स्पिनर वानिन्दु हसरंगाको नाममा १ विकेट रह्यो ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.