default_image

2 years ago

June 12, 2022

नाटकीय टाई बनाएपछि यस्तो भन्छन् आदिल

ह्युस्टन (हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकासँग नाटकीय टाई गर्न सफल भयो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अन्तिम ६ बलमा जितको लागि ६ रन […]

112 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकासँग नाटकीय टाई गर्न सफल भयो ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै नेपाललाई हारबाट बचाएका थिए ।

‘अन्तिम ओभरमा दबाब त थियो । दाइले (सन्दीप) मलाई धेरै सहयोग र हौसला बढाउनु भयो । मलाई धेरै विश्वास गर्नु भयो । मैले पनि जतिसक्यो राम्रो गर्न खोजे र अनि राम्रो भयो’, आदिलले आफ्नो अन्तिम ओभरबारे भने ।

कप्तान सन्दीप लामिछानेले प्रमुख बलर सोमपाल कामीलाई छाडेर अन्तिम ओभर आदिल अन्सारीलाई दिएका थिए । आदिल सुरुमा नर्भस भएको बताउँछन् । ‘नो बलको समयमा म नर्भस भएँ । तर सन्दीप दाइले धेरै सहयोग गर्नु भयो । मैले अर्को बलमा ध्यान दिएर ठ्याक्कै राम्रो भयो’, उनले भने ।

नेपालले आदिललाई पाँचौं नम्बरमा पठाएको थियो । नेपालले दीपेन्द्रसिंह ऐरी भन्दा पहिला आदिललाई पठाएको थियो । ‘सर (पुबुदु) ले मलाई आफ्नो स्वभावको खेल खेल्न भन्नु भएको थियो । अरु त्यस्तो केहि थिएन । म आफ्नो जुन खेल छ त्यहि खेल्न प्रयास गरेको थिए’, आदिलले भने ।

‘नो बल अगाडि अलि नर्भस थिए म । दाइले आत्माविश्वास बढाउनु भयो । अनि मैले राम्रो गरे’, उनले भने । अन्तिम दुई बलमा एक रन चाहिएको अवस्थामा आदिल भाग्यले दुवै बल राम्रो फिल्डरमा पुगेको बताउँछन् ।

आदिलले पहिलो बलमा आरोन जोन्स र दोस्रो बलमा राहुल जरिवालालाई एक एक रन खर्चिए । तेस्रो बलमा पनि एक रन नै खर्चेका थिए । तर चौथो नो बल हुन पुग्यो । लगत्तै एक रन खर्चिए । जुन अवस्थामा अमेरिकालाई दुई बलमा जितको लागि एक रन चाहिएको थियो । पाँचौं बलमा फाइन लेगमा आरोन जोन्सलाई आदिलले रोहित पौडेलबाट २६ रनमा उत्कृष्ट क्याच गराएपछि अन्तिम बलमा एक रन चाहिएको थियो ।

अन्तिम बलमा करणको थ्रो मा दीपेन्द्रले जरिवालालाई रन आउट गराएपछि खेल टाई भएको हो । आदिल नै खेलको प्लेयर अफ द म्याच चुनिए । उनको यो पहिलो प्लेयर अफ द म्याच समेत हो ।

अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । दोस्रो विकेटका लागि पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकालाई जित नजिक पुर्याएका थिए ।

आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए । त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो ।

नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए । देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच भए । अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.