default_image

2 years ago

June 12, 2022

दक्षिण अफ्रिकालाई भारतको मध्यम लक्ष्य

एजेन्सी– भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १ सय ४९ रनको मध्यम लक्ष्य दिएको छ । बारबाती स्टेडियम कटकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । भारतका श्रेयस ऐरले ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । […]

55 views

0 Bookmark

एजेन्सी– भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १ सय ४९ रनको मध्यम लक्ष्य दिएको छ । बारबाती स्टेडियम कटकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनायो ।

भारतका श्रेयस ऐरले ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । दीनेश कार्तिक २१ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे । हर्षल पटेल ९ बलमा २ चौकासहित १२ रनमा अविजित रहे । सातौं विकेटका लागि कार्तिक र पटेलले १८ बलमा ३६ रनको अविजित साझेदारी गरेका थिए ।

ओपनर ईशान किशनले २१ बलमा २ चौका र ३ छक्कासहित ३४ रन जोडे । दोस्रो विकेटका लागि किशन र ऐरले ३५ बलमा ४५ रनको साझेदारी गरेका थिए । पहिलो ओभरको पाँचौं बलमा कागिसो रबाडाले ओपनर ऋतुराज गायकवाडलाई केशव महाराजबाट एक रनमा क्याच गराएका थिए । एनरिच नोर्कियाको सातौं ओभरको चौथो बलमा डीप स्क्वायर लेगमा रास्सी भान डर डुसेनबाट क्याच गराउँदै किशनलाई पेभेलिएन फर्काए ।

कप्तान ऋषभ पन्त महाराजको बलमा डीप प्वान्टमा पाँच रनमा रास्सी भान डुसेनबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पाँच टि२० सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।

पहिलो टि२० खेलमा भारतलाई दक्षिण अफ्रिकाले ७ विकेटले हराएको थियो । जसक्रममा दक्षिण अफ्रिकाले २ सय १२ रनको विशाल लक्ष्य १९.१ ओभरमा पूरा गरेको थियो ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.