default_image

2 years ago

June 13, 2022

शादबको सानदार अलराउन्ड प्रदर्शनमा पाकिस्तानको क्लिनस्विप

एजेन्सी – स्पिन अलरान्डर शादब खानको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजलाई डकवर्थ लेविसको पद्धतिको आधारमा ५३ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको हो । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७.२ ओभरमा २ सय १६ रनमा अल आउट भयो । […]

62 views

0 Bookmark

एजेन्सी – स्पिन अलरान्डर शादब खानको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजलाई डकवर्थ लेविसको पद्धतिको आधारमा ५३ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७.२ ओभरमा २ सय १६ रनमा अल आउट भयो । वेस्टइन्डिजका स्पिनर अकिल हुसैनले ३७ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । केसी कार्टी ३३, शाई होप २१, काइल मेयर्स ५, शम्राह ब्रुक्स १८, निकोलस पुरन ११, रोभम्यान पावेल १०, किमो पाउल २१ र रोमारियो शेफर्ड १६ रनमा आउट भए ।

पाकिस्तानका शादब खानले ९ ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ४ विकेट लिए । हसन अली र मोहम्मद नवाजको नाममा २–२ विकेट रह्यो । मोहम्मद वासिम जुनियर र शाहनवाज दहानीले १–१ विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ४८ ओभरमा ९ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । पाकिस्तानका उपकप्तान समेत रहेका शादब खानले ७८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनको योगदान दिए । एक समय ११७–५ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई शादब खानले सुरक्षित योगफलमा पुर्याका थिए ।

तर पाकिस्तानले सुरुवात भने राम्रो गरेको थियो । ओपनर फखार जमान र ईमाम उल हकले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । वेस्टइन्डिजका कप्तान निकलोस पुरनको स्पिनमा पाकिस्तानका शीर्ष चार ब्याटर आउट भएपछि समस्यामा परेको थियो ।

ओपनर ईमाम उल हक ६८ बलमा ७ चौका र १ छक्कासहित ६२ रनमा आउट भए । उनको ओडिआईमा लगातार सातौं अर्धशतक हो । जमान ४८ बलमा ४ चौकासहित ३५, मोहम्मद रिजवान ११ र मोहम्मद हरिस शून्यमा आउट भए । यी चार ब्याटर पुरनको शिकार बनेका थिए । बाबर आजम एक रनमा एलबीडब्लू आउट भए । बाबर स्पिनर हेडेन वाल्श जुनियरको बलमा आउट भएका थिए ।खुशदील शाह ३४, नवाज ८ र मोहम्मद वासिम जुनियर ६ रनमा आउट भए ।

वेस्टइन्डिजका निकोलस पुरनले १० ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए । किमो पउल २, जयडेन सेल्स, हेजेन वाल्श जुनियर र अकिल हुसैनले १–१ विकेट लिए । पाकिस्तान पहिलो ओडिआई खेलमा पाँच विकेट र दोस्रो खेलमा १ सय २० रनले विजयी भएको थियो ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.