default_image

2 years ago

June 18, 2022

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी […]

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् । कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । अश्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले १-१ विकेट लिए ।

त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

पाँचौं विकेटका लागि इन्दु र रुविनाले ६० रनको अविजित साझेदारी गरेका थिए । जुन नेपाली महिला टि२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि पाँचौं विकेटका लागि महिला टि२० आईमा २०१९ मा अप्सरी बेगम र सरिता मगर तथा यसै प्रतियोगितामा भुटानविरुद्ध रुविना काजोल श्रेष्ठले समान ३२ रनको साझेदारी गरेका थिए । ओपनर विन्दु रावल १६ बलमा २ चौकासहित ११ रनमा क्याच आउट भइन् । उनी आउट हुँदा नेपालले ४.५ ओभरमा १९ रन बनाएको थियो ।

अर्की ओपनर ज्योति पाण्डे २४ बलमा १ चौकासहित १५ रनमा क्याच भइन् । विकेटकिपर काजोल श्रेष्ठ र सीता रानामगर ५-५ रनमा आउट भए । कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.