default_image

2 years ago

June 21, 2022

नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ बजे किनरारा ओभल एकेडेमीमा सुरुहुनेछ । समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ बजे किनरारा ओभल एकेडेमीमा सुरुहुनेछ ।

समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपाल विजयी हुँदा समूह ए को उपविजेता र पराजित हुँदा समूह ए को विजेतासँग खेल्नेछ । समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टि२० प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका टेस्ट टोली हुनेछन् । नेपालले ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सुरुवाती तीनै खेलमा कमजोर र सुस्त सुरुवात गरेको छ ।

नेपालका ओपनरलाई राम्रो सुरुवात दिन आवश्यक छ । ज्योति पाण्डे र इन्दु बर्माले ओपनिङ गर्न सक्छन् । रुविना क्षेत्री र सीता रानामगर प्रमुख ब्याटर हुन् । कविता जोशी, डली भट्ट र अप्सरी बेगम नेपालका हिटर हुन् । नेपालको तीव्र गतिको बलिङ आक्रामण भने राम्रो छ ।

कविता कुँवर, अश्मिना कर्माचार्य र सबनम राई नेपालका तीव्र गतिका हतियार हुन् । स्पिनरमा संगिता राई र सीता हुन् । गत नोभेम्बरमा भएको टि२० विश्वकप एसिया छनोटमा हङकङले नेपाललाई ६ विकेटले हराएको थियो ।

उक्त खेलमा मारिको हिलले ४२ रनको अविजित इनिङ खेलेकी थिइन् । उनी हङकङको प्रमुख हतियार हुन् । नाथन मिल्स, कप्तान केरी चन, इम्मा लाई पनि राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् ।

अंक तालिका

नेपाल ३ खेलमा ६ अंकका साथ समूह बी मा शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा हारका साथ १ अंक जोड्दै तेस्रो स्थानमा छ । बहराइन ३ खेलमा २ मा हारका साथ १ अंक जोड्दै चौथो र भुटान २ खेलमा अंक बिहीन हुँदै पुछारमा छ ।

युएई समूह ए मा ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । कतार २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ३ खेलमा २ अंकका साथ चौथो र ओमान ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.