default_image

2 years ago

June 21, 2022

नेपालको मध्यम सुरुवात

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङविरुद्ध मध्यम सुरुवात गरेको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालकी ओपनर विन्दु रावल २२ बलमा ३ चौकासहित १७ रनमा अविजित छिन् । नेपाललाई ओपनर सीता रानामगर र विन्दु रावलले ३.४ ओभरमा १८ […]

65 views

0 Bookmark

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङविरुद्ध मध्यम सुरुवात गरेको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालकी ओपनर विन्दु रावल २२ बलमा ३ चौकासहित १७ रनमा अविजित छिन् ।


नेपाललाई ओपनर सीता रानामगर र विन्दु रावलले ३.४ ओभरमा १८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । सीता १० बलमा १ चौकासहित ९ रनमा रन आउट भइन् । शीर्षक्रमकी ब्याटर इन्दु बर्मा १० बल खेल्दा खाता नखोली बोल्ड आउट भइन् । इन्दु बेट्टी चानको सातौं ओभरको अन्तिम बलमा बोल्ड भइन् ।

समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपाल विजयी हुँदा समूह ए को उपविजेता र पराजित हुँदा समूह ए को विजेतासँग खेल्नेछ । समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टि२० प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका टेस्ट टोली हुनेछन् ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, विन्दु रावल, ममता चौधरी, संगिता राई, सबनम राई, सीता रानामगर र अप्सरी बेगम

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.