default_image

2 years ago

June 24, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । खेल नेपाली समय अनुसार ८ : १५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण […]

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

खेल नेपाली समय अनुसार ८ : १५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण ढिलो हुन पुगेको हो । खेल ८ : ४५ मा सुरु हुनेछ । खेल २० ओभरको नै हुनेछ ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राई, अलराउन्डर कविता जोशी र विकेटकिपर काजोल श्रेष्ठ बेन्चमा छन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर ज्योति पाण्डे र डली भट्टलाई टोलीमा राखेको छ ।

नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हुन् । अर्को सेमिफाइनलमा समूह ए को उपविजेता मलेसिया र समूह बी को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

युएई र ओमानबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । सिंगापुरलाई १० विकेट र मलेसियालाई ३१ रनले हराएको थियो । कतारलाई १ सय ५३ रनले पराजित गरेको थियो । नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गर्न आवश्यक छ । विशेषगरि ब्याटिङमा नेपालले यस प्रतियोगितामा खेलेको शैली भन्दा फरक तरिकाले गर्न आवश्यक छ ।

पावर प्लेमा उत्कृष्ट सुरुवात, मध्यक्रममा निरन्तर इनिङ उकास्नु र उत्कृष्ट अन्त्य गर्न आवश्यक छ । नेपालका सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । डली भट्ट, कविता जोशी र अप्सरी बेगमबाट आक्रामक ब्याटिङको आवश्यकता देखिन्छ ।

युएईका शीर्ष तीन ब्याटरले यस पूरै प्रतियोगिता खेलेका छन् । मध्यक्रम र तल्लोक्रम प्रयोग हुन पाएको छैन । उत्कृष्ट सुरुवात गर्दै नेपालले त्यसको फाइदा लिन सक्नुपर्छ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा, डली भट्ट, कविता कुँवर, ज्योति पाण्डे, विन्दु रावल, ममता चौधरी, संगिता राई, अश्मिना कर्माचार्य, सीता रानामगर र अप्सरी बेगम

हेड टु हेड :

नेपाल र युएईबीच तीन महिला टि२० आई खेल भएको छ । नेपाल दुई र युएई एक खेलमा विजयी भएका छन् । गत नोभेम्बरमा भएको आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले नेपाललाई ४८ रनले हराएको थियो । २०१९ मा भने नेपालले युएईलाई ७ र ६ विकेटले हराएको थियो ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.