default_image

2 years ago

June 24, 2022

शतकधारी ईशाको विकेटसँगै नेपालको राम्रो सुरुवात

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइल खेलमा युएईविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा३ विकेट गुमाउँदै २६ रन बनाएको छ । युएईकी चया मुघल र खुशी शर्मा क्रिजमा छन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका […]

55 views

0 Bookmark

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइल खेलमा युएईविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा३ विकेट गुमाउँदै २६ रन बनाएको छ ।


युएईकी चया मुघल र खुशी शर्मा क्रिजमा छन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका लागि ३.१ ओभरमा १५ रनको साझेदारी गरेका थिए । सतिशलाई तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ५ रनमा बोल्ड आउट गरिन् । उनले ८ बलमा १ चौका प्रहार गरिन् । त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपाल सतिशलाई रन आउट गर्ने अवसर गुमाएको थियो ।
अश्मिनाको नै छैटौं ओभरको पाँचौं बलमा ईशा ओजा १५ रनमा कभरमा संगिता राईबाट क्याच आउट भइन् । उनले २१ बलमा २ विकेट लिइन् । अघिल्लो खेलमा ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । युएईकी प्रमुख ब्याटर ईशाको विकेटसँगै नेपालले राम्रो सुरुवात गरेको छ ।
सीता रााना मगरले सातौं ओभरको तेस्रो बलमा काविशा एगोडागेलाई तीन रनमा एलबीडब्लू आउट गर्दै राम्रो सुरुवात दिलाएकी छिन् ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राई, अलराउन्डर कविता जोशी र विकेटकिपर काजोल श्रेष्ठ बेन्चमा छन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर ज्योति पाण्डे र डली भट्टलाई टोलीमा राखेको छ ।

नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हुन् । अर्को सेमिफाइनलमा समूह ए को उपविजेता मलेसिया र समूह बी को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.