default_image

2 years ago

June 24, 2022

वर्षाको कारण नेपाल बाहिरिने डर!

एजेन्सी – एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल भारी वर्षाको कारण प्रभावित बनेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको छ । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । […]

94 views

0 Bookmark

एजेन्सी – एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल भारी वर्षाको कारण प्रभावित बनेको छ ।


मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको छ । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । तर दोस्रो इनिङ आधा घण्टा भन्दा बढी समय हुँदा सुरु हुन सकेको छैन ।

मैदानमा अहिले पनि वर्षा जारी छ । यदि यस खेल हुन नसकेको खण्डमा भने नेपाल सेमिफाइनलबाट बाहिरिनुपर्ने हुन्छ । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । खेल हुन नसकेको अवस्थामा युएई समूह विजेताको कारण फाइनलमा पुग्नेछ ।

फाइनल शनिबार हुँदा रिजरभ डे छैन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैले खेल नभएमा नेपाल बाहिरिनु पर्ने हुन्छ । नियम अनुसार नतिजा आउन नसकेमा युएई समूह विजेता हुँदा यस खेल खेलको पनि विजेता बन्नेछ । फाइनल पुग्ने टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।


युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर ईशा रोहित ओझाले २१ बलमा २ चौकासहित १५ रन बनाइन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका लागि ३.१ ओभरमा १५ रनको साझेदारी गरेका थिए । सतिशलाई तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ५ रनमा बोल्ड आउट गरिन् । उनले ८ बलमा १ चौका प्रहार गरिन् । त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपाल सतिशलाई रन आउट गर्ने अवसर गुमाएको थियो ।

अश्मिनाको नै छैटौं ओभरको पाँचौं बलमा ईशा ओजा १५ रनमा कभरमा संगिता राईबाट क्याच आउट भइन् । अघिल्लो खेलमा ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । सीता रााना मगरले सातौं ओभरको तेस्रो बलमा काविशा एगोडागेलाई तीन रनमा एलबीडब्लू आउट गर्दै राम्रो सुरुवात दिलाएकी थिइन् ।

त्यसपछि मध्यगतिकी बलर इन्दुले तीन विकेट लिँदै युएईलाई सस्तैमा रोकिन् । इन्दुले १२ औं ओभरको दोस्रो बलमा खुसी शर्मालाई १२ रनमा अश्मिनाबाट क्याच गराइन् । १४ औं ओभरको अन्तिम बलमा कप्तान चया मुघललाई १४ रनमा संगिताबाट क्याच गराउँदै युएईलाई ५३–५ को अवस्थामा पुयाइन् ।

इन्दुले नै १६ औं ओभरको पाँचौं बलमा समिरा धर्निधर्काकालाई ७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् । नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । उनी अञ्जली चन्द र नेरी थापापछि पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडी हुन् । इन्दु बर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

Success

Thank you for your time.