default_image

2 years ago

June 26, 2022

करुणा ९ महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर करुणा भण्डारी खुट्टाको शल्यक्रिया कारण ९ महिना मैदान बाहिर रहने भएकी छिन् । करुणाको गत बिहीबार दायाँ खुट्टाको (असिएल टिअर) चोटको शल्यक्रिया गरेको हुँदा ९ महिना मैदान बाहिर रहने भएकी हुन् । करुणाको बिहीबार काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा शल्यक्रिया भएको थियो । आइतबार […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर करुणा भण्डारी खुट्टाको शल्यक्रिया कारण ९ महिना मैदान बाहिर रहने भएकी छिन् ।

करुणाको गत बिहीबार दायाँ खुट्टाको (असिएल टिअर) चोटको शल्यक्रिया गरेको हुँदा ९ महिना मैदान बाहिर रहने भएकी हुन् । करुणाको बिहीबार काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा शल्यक्रिया भएको थियो ।

आइतबार दिउँसो उनको डिस्चार्ज भएको छ । करुणको गत अप्रिलमा सिनियर टोलीको अभ्यासको क्रममा चोट लाग्न पुगेको थियो । युगान्डासँगको सिरिजमा एमआरआई गरेपछि मात्र थाहा पाएको बताइन् । चिकित्सकहरुको सल्लाह बोमोजिम उनले शल्यक्रिया गरेकी हुन् । यो सबै खर्च क्यानले बेहोर्ने करुणाले बताइन् ।

करुणा नेपाली महिला क्रिकेटकी अनुभवी स्पिनर हुन् । घरेलु क्रिकेट र नेपाल दुबैबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । करुणाले घरेलु क्रिकेट भने नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछिन् । एपिएफले घरेलु क्रिकेटमा एकछत्र राज गर्दा करुणाको प्रदर्शन महत्वपूर्ण छ । नेपाल र एपिएफ दुबैकी प्रमुख खेलाडी मध्यकी एक हुन् ।

करुणा औंलामा चोटका कारण युगान्डासँगको पाँच महिला टि२० आई सिरिज र यसै साता मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा भने नेपाली टोलीमा थिइनन् । करुणाले नेपाली महिला टोलीबाट २१ टि२० आईमा १७ विकेट लिई सकेकी छिन् ।

March 19, 2024

पहिलो कप्तान नेरीले क्रिकेटबाट सन्न्यास लिइन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेकी छिन् । १७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिँदै नेरीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्न्यास लिएको घोषणा गेकी हन्। ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट […]

March 18, 2024

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […]

March 15, 2024

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […]

Success

Thank you for your time.