default_image

2 years ago

June 29, 2022

सानदार ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग झिनो अन्तरले पराजित

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]

99 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।


जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो । आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १७ रन चाहिँएको थियो । उमरान मलिकले १२ रन खर्चेर जित पक्का गराए ।

उमरानले पहिलो बल मार्क आदिरलाई डट राखे । दोस्रो बल डट राखेपनि नो बल हुन पुग्यो । डट बलमा चौका प्रहार गरे । तेस्रो बलमा चौका प्रहार गरेपछि तीन बलमा जितको लागि आठ रन चाहिँएको थियो । चौथो बलमा एक रन लिए । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा छ रन चाहिँएको थियो । तर एक रन खर्चिदै जित पक्का गरे ।

कप्तान एन्ड्री बलबर्नीले ३७ बलमा ३ चौका र ७ छक्कासहित ६० रनको योगदान दिए । पउल स्टर्लिङ १८ बलमा ५ चौका र ३ छक्कासहित ४० रनमा आउट भए । पहिलो विकेटका लागि पउल र बलबर्नीले मात्र ५.४ ओभरमा ७२ रन जोड्दै विष्फोटक सुरुवात दिलाए । स्टर्लिङ रवि विश्रोईको बलमा बोल्ड आउट भए ।

आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले २८ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । जर्ज डोकरेल १६ बलमा ३ चौका र ३ छक्कासहित ३४ रनमा अविजित रहे । मार्क आदिरले १२ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे ।
भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले १–१ विकेट लिए ।

त्यसअघि द भ्यालेज डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । भारतका दीपक हुडाले ५७ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । हुडाले ५५ बलमा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए ।

हुडा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने चौथो भारतीय टि२० आई खेलाडी हुन् । सञ्जु स्यामसन ४२ बलमा ९ चौका र ४ छक्कासहित ७७ रनमा मार्क आदिरको बलमा बोल्ड आउट भए । ओपनर ईशान किशन ३ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि स्यामसन र हुडाले १ सय ७६ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए ।

जुन टि२० आईको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि इंग्ल्यान्डका डेविड मलान र जस बटलरले दोस्रो विकेटका लागि २०२० मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरेका थिए । भारतको लागि पनि कुनैपनि विकेटको लागि टि२० आई गरेको उच्च साझेदारी हो । यसअघि २०१७ मा श्रीलंकाविरुद्ध इन्डोरमा पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले १ सय ६५ रनको साझेदारी गरेका थिए ।

सूर्य कुमार यादव १५, दीनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् । हार्दिक ९ बलमा २ चौकासहित १५ रनमा अविजित रहे । आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.