default_image

2 years ago

June 29, 2022

‘मुखमै आएको खेल गुमाउनु हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य’– टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाली महिला क्रिकेट टोली मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा वर्षाको कारण एसिया कप खेल्ने अवसर गुमायो । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण पूरा हुन नसक्दा नेपाल बाहिरिनु परेको थियो । युएई समूह ए को विजेता हुँदा फाइनलमा पुग्दै एसिया कपमा स्थान बनायो । किनरारा ओभलमा […]

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाली महिला क्रिकेट टोली मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा वर्षाको कारण एसिया कप खेल्ने अवसर गुमायो । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण पूरा हुन नसक्दा नेपाल बाहिरिनु परेको थियो ।

युएई समूह ए को विजेता हुँदा फाइनलमा पुग्दै एसिया कपमा स्थान बनायो । किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । तर वर्षाको कारण दोस्रो इनिङ हुन सकेन । स्वदेश फर्किएपछि मुख्य प्रशिक्षक जगत टमाटाले नेपालको लागि सबैभन्दा ठूलो दुर्भाग्य भएको बताए ।

‘एउटा उदेश्य लगेर गएकै हो । समग्रमा सबै खेलाडीले राम्रो प्रदर्शन गरेको छ । एक खेल दुर्भाग्य भयो । एकदमै मुखमा आएको खेल छुट्यो । उदेश्यमा हामी चुक्यौं । यसको जिम्मेवारी म आफैं लिन्छु । किनभने म एउटा जिम्मेवारी ब्यक्ति र प्रशिक्षक हुँ । आफैंलाई पनि एकदमै नराम्रो अनुभव भएको छ’, टमटाले भने । त्यसैमा थपे, यति ठूलो प्रतियोगितामा मलाई लाग्छ एसिसी र आइसिसीको प्रतियोगितामा रिजर्भ डे राख्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

हङकङसँग समूह चरणमा ७ विकेटले हार्नु नेपाललाई ठूलो भारी पर्न पुग्यो । नेपालले हङकङलाई हराएको भए समूह बी को विजेता बन्दै मलेसियासँग खेल्न पाउथ्यो । “हामी सेमिफाइनलमा पुगि सकेका छौं थाहा थियो । तर हङकङलाई जितेको भए अवस्था फरक हुन्थ्यो । हरेक खेलको लागि महत्वपूर्ण हुन्थ्यो । हङकङसँगको खेल पनि निर्णायक हो तर सेमिफाइनलमा युएईसँग वर्षाको कारण खेल्न नपाउनु हाम्रो लागी धेरै ठूलो दुर्भाग्य हो”, टमटाले भने ।

नेपालले पहिलो खेलमै खराब सुरुवात गर्नेक्रममा भुटानसँग सुरुवाती १२ रन जोड्न तीन विकेट गुमाएको थियो । ब्याटिङ भने यो पटक पनि नेपालले अपेक्षा अनुसार गर्न सकेन ।

‘ब्याटिङमा हामी सबै टोली समान नै छौं । हाम्रो शीर्षक्रमका ब्याटर अलिकति चल्लने हिसाबले चलेन । समग्रमा टिमको प्रदर्शन राम्रो थियो । भुटानको खेलमा मैदानमा सजिलो पनि छैन’, उनले भने ।

‘महिला क्रिकेटलाई निरन्तरता दिनुपर्छ । अनुभव धेरै महत्वपूर्ण कुरा हो । निरन्तर अभ्यास गर्नुपर्छ । हाम्रो एसिसी र आइसिसी सबैले प्रशंसा गरेका छन् । समर्थक र अरु टोलीले पनि नेपाल च्याम्पियन टोली हो भनेका थिए । दुर्भाग्य एउटा खेलले गर्दा हामी बाहिर भयौं । हामी फेरि बलियो भएर फर्किने छौं’, टमटालो निराश हुँदै भने ।


अव महिला टोलीको आगमी अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता दुबै छैन । नेपाली महिला टोलीलाई राम्रो बनाउन निरन्तर अभ्यास गर्नुपर्ने बताए । युएईलाई ८१ रनमा अल आउट गर्न अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर पाँच विकेट लिएकी थिइन् ।

‘अस्मिना धेरै कडा मिहिनेत गरेको खेलाडी हुन् । राम्रो प्रदर्शन गरेको छ । टिमलाई म क्षमतावान् छु भनेर विश्वास दिलाएको छ । आगमी दिनमा अझ राम्रो प्रदर्शन गरोस्, अहिले भन्दा पनि यो प्रदर्शनलाई निरन्तरता दिनुपर्छ’, उनले अस्मिनाको प्रदर्शन बारे भने ।

नेपाली महिला क्रिकेट विकास गर्न घरेलु प्रतियोगिता र संरचनानै परिवर्तन गर्नुपर्ने अवस्थामा छ । वर्षामा बढीमा एक खेलाडीले पाँच छ राष्ट्रिय खेल खेल्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय क्रिकेटको भने कुनै निश्चित हुँदैन ।

‘अव अलिकति संरचना फरक गर्नुपर्छ । टि२० क्रिकेटमा बढी फोकस गरेका छौं । अलिकति ५० ओभरको लागि तयारी गर्ने हो कि । ओडिआई मान्यता धेरैले पाएका छन् । हामी पनि त्यसको लागि लाइनमा छौं । अहिले देखि तयार हुँदै जादा आगमी दिनमा सजिलो हुन्छ होला’, टमाटाले टुङ्गाए ।

‘जितेको खेल नखेली आउनु पर्दा धेरै नराम्रो लाग्छ’ – रुविना

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.