default_image

2 years ago

July 1, 2022

नेपालको सुस्त सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग सुस्त सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २१ बलमा १ चौकासहित ६ रनमा क्रिजमा छन् । आसिफ शेखले २० […]

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग सुस्त सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा कुनै विकेट नगुमाई १६ रन बनाएको छ ।


नेपालका ओपनर कुशल भुर्तेल २१ बलमा १ चौकासहित ६ रनमा क्रिजमा छन् । आसिफ शेखले २० बलमा १ चौकासहित १० रनमा खेलि रहेका छन् । यो अभ्यास खेल हुँदा नेपालले सबै ब्याटरलाई ब्याटिङ र बलरलाई बलिङ गराउन सक्छ । प्लेइङ ११ को ले मात्र गर्ने भन्ने हुँदैन । खेल वर्षाको कारण निर्धारित समय भन्दा डेढ घण्टापछि सुरु हुन पुगेको थियो ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज नामिबिया, स्कटल्यान्डसँग खेल्नुअघि क्यानाडामा अभ्यास गर्न गएको हो । खेल स्कटल्यान्डमा हुनेछ । स्कटल्यान्ड र क्यानाडाको वातावरण मिल्ने हुँदा नेपालले तीन अभ्यास खेल खेल्न लागेको हो ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.