default_image

2 years ago

July 5, 2022

क्यानाडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ः४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड उच्च मनोबलका साथ जान चाहन्छ । नेपालले सुरुवाती दुई […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ः४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड उच्च मनोबलका साथ जान चाहन्छ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।

क्यानाडाको बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपाली ब्याटरलाई त्यहाँको वातावरणमा भिज्दै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । टि२० खेलमा रोहित पौडेलले ७१ र दीपेन्द्रसिंह ऐरीले ५४ रनको इनिङ खेलेका थिए । दीपेन्द्रले ५० ओभरको खेलमा संघर्ष गर्दै आएका छन् ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । नेपाल कुशलबाट पावर प्लेमा आक्रामक र आसिफ संयमित रुपमा खेल्नुपर्ने हुन्छ । आसिफले इनिङ उकास्दै एकतर्फबाट ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । नेपाल ओपनरबाट सुरुवात राम्रो चाहन्छ । देव खनाल तेस्रो नम्बरमा खेल्ने पक्का छ । देवले आफ्नो स्ट्राइक रेटमा भने ध्यान दिनुपर्ने हुन्छ ।

दीपेन्द्रसिंह ऐरी चौथो र रोहित पौडेल पाँचौं नम्बरमा खेल्नेछन्द । यी दुई खेलाडीको ब्याटिङ धेरै महत्वपूर्ण हुनेछ । आरिफ शेख छैटौं नम्बरमा खेल्ने सम्भावना छ । विकेटकिपर आसिफ शेखले गर्ने हुँदा विनोद भण्डारीलाई विश्राम दिनसक्छ । आदिल अन्सारी सातौं नम्बरमा खेल्नेछन् ।

करण आठौं नम्बरमा हुनेछन् । करण र आदिलबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । करण र सोमपाल मध्य एकलाई विश्राम दिँदै किशोर महतोलाई मौका दिनसक्छ । सन्दीप लामिछाने र बसिर अहमद स्पिनरको रुपमा खेल्ने सम्भावना छ ।

स्कटल्यान्ड भ्रमणमा तीव्र गतिका बलरलाई बढी सहयोग पुग्ने हुँदा नेपालले क्यानाडामा किशोर र बसिरलाई सबै खेलमा मौका दिने सम्भावना छ । बसिर टोलीमा एक मात्र बायाँ हाते खेलाडी हुँदा नेपालले अलराउन्डर मात्र नभएर रणनीतिक हिसाबमा पनि प्रयोग गर्नसक्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख, करण केसी/सोमपाल कामी, आदिल अन्सारी, सन्दीप लामिछाने (कप्तान), बसिर अहमद र किशोर महतो ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.