एजेन्सी – न्युजिल्यान्ड क्रिकेट बोर्डले आफ्नो पुरुष र महिला क्रिकेट खेलाडीलाई समान म्याच फि दिने भएको छ । मंगलबार एक सम्झौंता गर्दै महिला र पुरुष खेलाडीलाई समान म्याच फि दिने निर्णय गरेको हो । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ ।

न्युजिल्यान्डले खेल र दिन समान हुने हुँदा म्याच फि बराबर दिने निर्णय गरेको हो । अव न्युजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष दुबै खेलाडीले १० हजार २ सय ५० डलर (झण्डै १३ लाख नेपाली रुपैयाँ बरारब) पाउने छन् ।
ओडिआई खेल खेल्ने खेलाडीको म्याच फि ४ हजार डलर (५ लाख ६७ हजार नेपाली रुपैयाँ बराबर) पाउने भएका छन् । टि२० आई खेल्ने खेलाडीको म्याच फि २ हजार ५ सय डलर (३ लाख १६ हजार रुपैयाँ बराबर) प्राप्त गर्नेछन् । त्यस्तै न्युजिल्यान्डको प्रथम श्रेणीको घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फि १ हजार ७ सय ५० डलर (२ लाख २१ हजार बराबर नेपाली रुपैयाँ बराबर) पाउनेछन् ।

एकदिवसिय घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फि ८ सय डलर (१ लाख नेपाली रुपैयाँ बराबर) पाउनेछन् । न्युजिल्यान्डको टि२० घरेलु क्रिकेट खेल्ने खेलाडीले ५ सय डलर (७२ हजार नेपाली रुपैयाँ बराबर) पाउने भएका छन् । यो अगामी अगष्ट १ देखि लागु हुनेछ ।
पछिल्लो समय न्युजिल्यान्डको पुरुष टोलीले केन विलियम्सनको कप्तानीमा सानदार प्रदर्शन गरेको छ । विलियम्सनको कप्तानीमा गतवर्ष न्युजिल्यान्डले भारतलाई फाइनलमा ८ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

२०१९ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्ड सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री काउन्टको आधारमा पराजित भएको थियो । २०२१ को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।