default_image

2 years ago

July 6, 2022

यस्तो छ एलपिएलमा सन्दीप सम्मिलित टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका छन् । श्रीलंकामा मंगलबार राती सम्पन्न सन्दीपलाई डाम्बुल्लाले ४० हजार डलर अर्थात (५० लाख नेपाली रुपैयाँ बराबर ) मा अनुबन्ध गरेको छ । सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका छन् ।

श्रीलंकामा मंगलबार राती सम्पन्न सन्दीपलाई डाम्बुल्लाले ४० हजार डलर अर्थात (५० लाख नेपाली रुपैयाँ बराबर ) मा अनुबन्ध गरेको छ । सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन् । अक्सनमा ३ सय ५३ खेलाडी थिए । १ सय ८० विदेशी खेलाडी र १ सय ७३ श्रीलंका खेलाडीको सहभागिता थियो।

सन्दीप सम्मिलित डम्बुल्लाले ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ । अष्ट्रेलिया ओपनर डार्सी शर्ट, बेन कटिङ, न्युजिल्यान्डका विकेटकिपर टिम सिफर्ट, पाकिस्तानका ब्याटर हैदर अली र वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कटरेल रहेका छन् । श्रीलंकाका कप्तान दसुन शनका, भानुका राजपक्षे, रमेश मेन्सि र नुवान प्रदीप जस्ता श्रीलंका टोलीबाट खेलेका खेलाडी छन् । शनका र राजपक्षे आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

सन्दीप हाल क्यानाडामा छन् । नेपालले त्यहाँ आज अन्तिम खेल खेलेर आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ । त्यसपछि सन्दीप नेपाल फर्केर केहि दिनमा श्रीलंका जाने सम्भावना देखिन्छ । तेस्रो संस्करणको एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ । एलपिएलमा पाँच टोली छन् ।

डाम्बुल्लाको पूर्ण टोली

डार्सी शर्ट, दसुन शनका, बेन कटिङ, भानुका राजपक्षे, सन्दीप लामिछाने, टिम सिफर्ट, हैदर अली, चथुरंगा डि सिल्भा,रमेश मेन्डिस, नुवान प्रदीप,शेल्ड्रन कटरेल, प्रमोद मदुशन, लासिथ क्रुसपुल,कलना परेरा,दिलुम सुदिरा, सचिता जयथिलेके,दुषण हेमन्थ, साशा डे अल्विस र रविन्दु फर्नान्डो

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.