default_image

2 years ago

July 6, 2022

दीपेन्द्रको दुई विकेटसँगै संकटमा क्यानाडा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको तल्लोक्रमका दुई विकेट लिएसँगै नेपालसँगको दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडा संकटमा परेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती ३१ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन बनाएको छ । क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको तल्लोक्रमका दुई विकेट लिएसँगै नेपालसँगको दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडा संकटमा परेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती ३१ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन बनाएको छ ।


क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनमा एलबीडब्लू आउट भए । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागि भुपेन्द्र र आरोनले ३९ रनको साझेदारी गरेका थिए ।
क्यानाडाका ओपनर रयान खानपठान पहिलो ओभरको अन्तिम बलमा १ रनमा आउट भए । तीव्र गतिका बलर किशोर महतोले पठानलाई बोल्ड गरेका थिए । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्रलाई बोल्ड आउट गरे ।

सन्दीपले राम्रो प्रदर्शन गरेको आरोनलाई १७ औं ओभरमा एलबीडब्लू आउट गरे । स्पिनर बसिर अहमदले २० औं ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीबाट हर्ष ठकरलाई शून्यमा क्याच गराएपछि क्यानाडा ७२–४ को अवस्थामा पुगेको थियो ।

सन्दीपले अखिल कुमारलाई एक्स्ट्रा कभरमा आदिलबाट १२ रनमा क्याच गराएका थिए । त्यसपछि दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान साद बिन जाफरलाई ३ रनमा बोल्ड गर्दा क्यानाडा ८७–६ को अवस्थममा पुग्यो । दीपेन्द्रले ३१ औं ओभरको पाँचौं बलमा अर्मान कपुरलाई १० रनमा बोल्ड गर्दै दयनीय अवस्थमा पुर्याएका छन् ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.