default_image

2 years ago

July 7, 2022

कोहलीको ६ वर्ष यताकै खराव वरियता

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली ६ वर्ष यताकै कमजोर अवस्थामा पुग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा शीर्ष १० बाट बाहिरिएका छन् । आइसिसीले जारी गरेको नयाँ विश्व टेस्ट वरियतामा कोहली एकै पटक चार स्थान तल खस्किदै १३ औं स्थानमा पुगेको छन् । कोहली २०१६ को नोभेम्बरपछि टेस्टमा शीर्ष १० […]

82 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली ६ वर्ष यताकै कमजोर अवस्थामा पुग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा शीर्ष १० बाट बाहिरिएका छन् ।

आइसिसीले जारी गरेको नयाँ विश्व टेस्ट वरियतामा कोहली एकै पटक चार स्थान तल खस्किदै १३ औं स्थानमा पुगेको छन् । कोहली २०१६ को नोभेम्बरपछि टेस्टमा शीर्ष १० मा पर्न नसकेका हुन् ।

कोहली २०१९ देखि अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सकेका छैैनन् । कोहली टि२० आई विश्व वरियतामा पनि शीर्ष १० मा पर्न सकेका छैनन् । कोहली टि२० आई वरियतमा २१ औं स्थानमा छन् । ओडिआई वरियतामा तेस्रो स्थानमा छन् ।

टेस्टको शीर्ष स्थानमा इंग्ल्यान्डका जो रुट छन् । रुटको रेटिङ अंक ९ सय २३ छ । रुटले पछिल्लो एक वर्षमा मात्र ११ शतक हानेका छन् । टेस्ट करिअरमा २८ शतक हानेका छन् । दोस्रो स्थानमा अष्ट्रेलिया मार्नस लाबुसेन, तेस्रो स्थानमा स्टिभ स्मिथ र चौथो स्थानमा पाकिस्तानका कप्तान बाबर आजम छन् ।

बाबर ओडिआई र टि२० आईको दुबैतर्फ शीर्ष स्थानमा रहने ब्याटर हुन् । विकेटकिपर ऋषभ पन्तले एकै पटक पाँच स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिए । पन्तले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेलमा १ सय ४६ र ५७ रनको इनिङ खेलेका थिए । जोनी बेयरस्टोले ११ औं स्थान सुधार गर्दै १० औं स्थानमा उक्लिएका छन् ।

भारतलाई ७ विकेटले हराउन बेयरस्टोले दुबै इनिङमा १ सय ६ र १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । बेयरस्टो २०१८ पछि शीर्ष १० मा फर्किएका हुन् ।

२०१५ को डिसेम्बर देखि स्टिभ स्मिथ टेस्ट वरियतामा शीर्ष स्थानमा थिए । २०१८ को अगष्टमा स्मिथलाई दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङ काण्डको कारण एक वर्ष अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेपछि केहि समय कोहली टेस्ट वरियताको शीर्ष स्थानमा उक्लिएका थिए । त्यो पनि उनलाई स्मिथ प्रतिबन्ध लागेको लामो समयपछि सफलता हात पारेका थिए ।

तर स्मिथ टेस्टमा सानदार पूनरागमन गर्दै पून शीर्ष स्थानमा फर्किएका थिए । त्यसपछि केन विलियम्सन, जो रुट र मार्नस लाबुसेनले शीर्ष स्थानमा राज गरेका थिए । कोहलीले २०१९ को नोभेम्बर मा बंगलादेशविरुद्ध कोलकातामा १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि कोहली अन्तराष्ट्रिय कुनैपनि शैलीको क्रिकेटमा शतक विहीन छन् ।

कोहली इंग्ल्यान्डसँगको पाँचौं खेलमा ११ र २० रनमा आउट भएका थिए । कोहली पहिलो इनिङमा म्याथ्यु पट्सको बलमा बोल्ड हुँदा दोस्रो इनिङमा बेन स्टोक्सको बलमा एज लागेर जो रुटबाट स्लिपमा क्याच आउट भएका थिए । कोहलीले ओडिआईमा ४३ र टेस्टमा २७ शतक प्रहार गरेका छन् । कोहली तीन वर्षदेखि ७१ औं अन्तर्राष्ट्रिय शतकको पर्खाईमा छन् ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.