default_image

2 years ago

July 7, 2022

एक वर्षमा भारतका ८ खेलाडीले गरे कप्तानी

एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । पछिल्लो समय त भारतले एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतले पछिल्लो एक वर्षमा ८ खेलाडीलाई कप्तान बनाएको छ । ८ कप्तानले तीनै शैलीमा गरि ४५ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् । पछिल्लो एक वर्षमा भारतबाट रोहित शर्मा, विराट कोहली, अजिक्या रहाणे, लोकेश […]

94 views

0 Bookmark

एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । पछिल्लो समय त भारतले एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतले पछिल्लो एक वर्षमा ८ खेलाडीलाई कप्तान बनाएको छ । ८ कप्तानले तीनै शैलीमा गरि ४५ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् ।

पछिल्लो एक वर्षमा भारतबाट रोहित शर्मा, विराट कोहली, अजिक्या रहाणे, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, हार्दिक पान्ड्या र जस्प्रित बुमराहले नेतृत्व गरेका छन् ।

सबैभन्दा धेरै रोहित शर्माले १४ खेलमा (दुई टेस्ट, ९ टि२० आई र तीन ओडिआई) मा नेतृत्व गरेका छन् । सबैभन्दा कम जस्प्रित बुमराहले एक टेस्ट खेलमा नेतृत्व गरेका छन् । २०२१ जुलाईपछि भारतबाट कप्तानी गरेका ८ खेलाडी र नतिजा यस प्रकार छन् ।

८.जस्प्रित बुमराह (बलर)

तीव्र गतिका बलर जस्प्रित बुमराहले यसै साता इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा कप्तानी गरे । नियमित कप्तान रोहित शर्मालाई कोरोना देखिएपछि बुमराहले करिअरको पहिलो पटक कप्तानी अवसर पाए ।

ऋषभ पन्तको १ सय ४६ र रविन्द्र जडेजाको १ सय ४ रन बनाएपछि भारतले पहिलो इनिङमा १ सय ३२ रनले अग्रता लिएको थियो । ३ सय ७८ रनको लक्ष्य इंग्ल्यान्डले ३ विकेट गुमाउँदै पूरा गर्यो । जो रुटले १ सय ४२, जोनी बेयरस्टाले १ सय १४ र १ सय ६ रनको शतकीय इनिङमा इंग्ल्यान्डले आफ्नो इतिहासको सर्वाधिक ठूलो योगफल पूरा गरेको थियो ।

७. हार्दिक पान्ड्या (अलराउन्डर)

दुई साता अघि भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्ड भ्रमणमा रहेपछि हार्दिक पान्ड्याले आयरल्यान्डसँगको दुई टि२० आई खेलमा कप्तानी गरेका थिए ।

भारत पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ४ रनले विजयी भएको थियो । जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ५ विकेट गुमाउँदै २ सय २१ रन बनाउँदै सनसनी मच्चाएको थियो ।

६.ऋषभ पन्त (विकेटकिपर)

विकेटकिपर ऋषभ पन्तले अघिल्लो महिला दक्षिण अफ्रिकासँगको पाँच टि२० आई खेलमा नेतृत्व गरे । पाँच टि२० आई खेल २–२ को बराबरीमा सकिएको थियो ।

कप्तान लोकेश राहुल घाइते भएपछि पन्त कप्तान बनेका थिए । सुरुवाती दुई खेल गुमाएको भारतले त्यसपछि उत्कृष्ट पूनरागमन गर्यो । तर अन्तिम खेल वर्षाले रद्ध भएको थियो ।

५.अजिक्या रहाणे (ब्याटर)

गत वर्ष नोभेम्बरमा न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा अजिक्या रहाणेले भारतको नेतृत्व गरेका थिए । उक्त खेल बराबरीमा सकिएको थियो । पहिलो टेस्टमा कप्तान विराट कोहलीलाई विश्राम दिएपछि रहाणेले नेतृत्वको अवसर पाएका थिए ।

४. लोकेश राहुल (ब्याटर)

भारतीय क्रिकेट टोलीका ओपनर तथा भरपर्दा खेलाडी लोकेश राहुल रोहित पछि भारतका कप्तानका प्रमुख दाबेदार हुन् । राहुलले पछिल्लो एक वर्षमा एक टेस्ट र तीन ओडिआई खेलमा कप्तानी गरेका छन् ।

गत जनवरीमा रोहित शर्मा घाइते भएपछि दक्षिण अफ्रिकाविरुद्ध राहुलले टेस्टमा नेतृत्व गरेका थिए । तर भारत उक्त खेलमा ७ विकेटले पराजित भएको थियो । त्यसै भ्रमणमा रोहित घाइते भएको कारण राहुलले दक्षिण अफ्रिकासँगको तीन खेलको ओडिआईमा पनि कप्तानी गरेका थिए । ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोरेको थियो ।

३. शिखर धवन (ब्याटर)

भारतका ओपनर शिखर धवनले भारतबाट यस वर्ष तीन ओडिआई र तीन टि२० आईमा नेतृत्व गरे । गतवर्ष भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा हुँदा धवनको कप्तानीमा श्रीलंका भ्रमण गरेको थियो । ओडिआई सिरिज २–१ ले जित्दा टि२० आई सिरिज २–१ ले गुमाएको थियो ।

२.विराट कोहली (ब्याटर)

विराट कोहलीले २०२१ जुलाई यता ७ टेस्ट र ५ टि२० आईमा कप्तानी गरेका छन् । गत वर्ष दुबईमा भएको टि२० विश्वकपमा भारत सुपर १२ बाटै बाहिरिएको थियो । पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । विश्वकपमा भारत तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

न्युजिल्यान्ड र पाकिस्तानसँगको हारले सेमिफाइनलमा पुग्न सकेको थिएन । कोहलीले इंग्ल्यान्डसँग चार टेस्ट (अगष्ट सेप्टेम्बर), न्युजिल्यान्डसँगको दोस्रो टेस्ट र दक्षिण अफ्रिकासँग तीन मध्य दुई खेलमा डिसेम्बर र जनवरीमा कप्तानी गरेका थिए । विराटको कप्तानीमा टेस्टमा इंल्यान्डसँग दुई, न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग एक एक खेलमा विजयी भएको थियो ।

१. रोहित शर्मा (ब्याटर)


भारतले विराट कोहलीपछि रोहितलाई तीनै शैलीको कप्तान बनाएको छ । नोभेम्बरमा घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई खेलको सिरिज रोहितको कप्तानीमा भारतले क्लिनस्विप गरेका थिए ।

फेब्रुअरीमा वेस्टइन्डिज र श्रीलंकासँगको तीन तीन खेलको टि२० आई सिरिज क्लिनस्विप गरेको थियो । श्रीलंकासँग मार्चमा दुई टेस्ट खेलको सिरिज २ सय २२ रन इनिङ अन्तर र २ सय ३८ रनले विजयी हुँदै क्लिनस्विप गरेको थियो । वेस्टइन्डिजसँग फेब्रुअरीमा तीन ओडिआई सिरिजमा क्लिनस्विप गर्यो ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.