default_image

3 years ago

July 16, 2022

नामिबियासँग बदला लिने सोचमा नेपाल

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ । नेपालको लक्ष्य बदला लिने हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तर घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको नेपाल उच्च मनोबलका साथ नामिबियासँग बदला लिने सोचमा हुनेछ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा २ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहेका थिए ।

स्कटल्यान्डलाई नेपालले ५ विकेटले हराएको थियो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । शेख दाजुभाइ राम्रो लयमा छन् । अन्य खेलाडीलाई जिम्मेवारी प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

ओपनर कुशल भुर्तेलले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तेस्रो नम्बरका देव खनालको प्रदर्शन पनि त्यति राम्रो छैन । तर नेपाललाई सबैभन्दा चिन्ता दीपेन्द्रसिंह ऐरीको छ । दीपेन्द्र पहिलो खेलमा ४ र दोस्रो खेलमा ३ रनमा आउट भएका थिए । दीपेन्द्रबाट नेपाल ठूलो इनिङ चाहन्छ । उनी आफैंले पनि जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

स्कटल्यान्डलाई सस्तैमा अल आउट गर्न नेपालका सोमपाल कामी र आदिल अन्सारीले उच्च प्रदर्शन गरेका थिए । नेपाल करण र सन्दीपबाट पनि उच्च प्रदर्शन चाहन्छ । नामिबियाका कप्तान गेर्हार्ड इरास्मस प्रमुख ब्याटर हुन् । जेजे स्मित र डेविड विजा स्टार अलराउन्डर हुन् ।

नामिबियाका रुबेन ट्रम्पलम्यान, टांगेनी लुंगामेनी र बर्नार्ड शोल्टज जस्ता तीव्र गतिका बलरको सामना गर्नुपर्ने हुन्छ । रुबेनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बायाँ हाते तीव्र गतिका बलर रुबेनले गतवर्ष टि२० विश्वकपमा सानदार प्रदर्शन गरेका थिए ।

रुबेनबाट नामिबिया उच्च प्रदर्शन चाहन्छ । जिन ग्रिन र ज्यान निकोल लोफ्टी इटन पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् । नामिबियालाई पनि शीर्ष तीनमा पर्न बाँकी खेल जित्नुपर्ने दबाब छ । तीव्र गतिका बलरलाई सहयोग मिल्ने हुँदा पहिला टस जित्ने टोली खेलमा हाबी बन्न सक्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १७ खेलमा ८ मा जित र ९ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

यो पनि पढ्नुहोस् : स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

ओडिआईमा जम्न नसकेका दीपेन्द्र

June 17, 2025

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ । नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ […]

June 17, 2025

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ […]

June 16, 2025

नेपाललाई नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले […]

Success

Thank you for your time.