default_image

2 years ago

July 16, 2022

आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित

317 views

0 Bookmark

एजेन्सी – युवा स्टार ह्यारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले सानदार शतक प्रहार गरेपछि रोमान्चक तेस्रो ओडिआई खेलमा आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज न्युजिल्यान्डले क्लिनस्विप गरेको छ ।

जितको लागि ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । आयरल्यान्डलाई अन्तिम ६ बलमा १० रन चाहिँएको थियो ।

क्रेग योंगले तेस्रो बलमा चौका प्रहार गरेपछि बाँकी तीन बलमा पाँच रन चाहिँएको थियो । चौथो बलमा योंग दुई रन लिनेक्रमा रन आउट भए । पाँचौ बलमा जोश लिटिलले एक रन बटुले । अन्तिम बलमा एक रन लेग वाईको रुपमा बटुल्दा एक रनले पराजित हुन पुग्यो ।

आयरल्यान्डका पल स्टर्लिङले १ सय ३ बलमा १४ चौका र ५ छक्कासहित १ सय २० रनको सानदार शतकीय इनिङ खेले । ओडिआई करिअरको उनको १३ औं शतक हो । मध्यक्रमका ह्यारी टेक्टरले १ सय ६ बलमा ७ चौका र ५ छक्कासहित १ सय ८ रनमा आउट भए । २२ वर्षीय टेक्टरको यो दोस्रो शतक हो ।

स्टर्लिङ र टेक्टरले तेस्रो विकेटका लागि १सय ५० बलमा १ सय ७९ रनको सानदार साझेदारीका साथ जितको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्द पराजित भएको हो ।

स्टर्लिङ म्याट हेनरीको बलमा ग्लेन फिलिप्सबाट क्याच आउट हुँदा आयरल्यान्ड ३४.४ ओभरमा २४१–३ को बलियो अवस्थामा थियो । तर फिनिसिङ राम्रो नहुँदा पराजित भयो ।

जर्ज डोकरेल र ग्यारेथ डेलानी २२–२२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए । मिचेल सान्टनरले १० ओभरम ७१ रन खर्चेर ३ विकेट लिए ।


त्यसअघि डब्लिनमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १ सय २६ बलमा १५ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । यो उनको ओडिआई करिअरको १८ औं शतक हो ।

हेनरी निकोल्स ५४ बलमा ७ चौका र ३ छक्कासहित ७९ रनमा आउट भए । ग्लेन फिलिप्स ३० बलमा ५ चौका र २ छक्कासहित ४७ रन, फिन एलेन ३३ र कप्तान टम लाथम ३० रनमा आउट भए ।

आयरल्यान्डका जोश लिटिलले सर्वाधिक दुई विकेट लिए । न्युजिल्यान्ड पहिलो खेलमा १ विकेट र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । अव तीन टि२० आई खेलको सिरिज हुनेछ ।

November 6, 2024

काठमाडौ गुर्खाजले ट्यालेन्ट हन्ट गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ । गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ । ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट […]

November 6, 2024

पुजा प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्व कपको एसिया क्षेत्र छनोटमा थाइल्यान्डविरुद्धको खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ द म्याच घोषित भएकी छिन् । थाइल्यान्डलाई बुधवार ६७ रनले पराजित गर्दै नेपाललाई सुखद सुरुवात गराउन अलराउन्डर प्रदर्शन गरेकी पुजाले प्लेयर अफ द म्याच अवार्ड पाएकी हुन् । पुजाले थाइल्यान्डविरुद्ध ४० बलमा ३ चौका र […]

November 6, 2024

पुजाको अलराउन्ड प्रदर्शनमा नेपालको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले थाइल्यान्डलाई हराएको छ । बुधवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि ६७ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । थाईल्यान्डका ओपनर […]

Success

Thank you for your time.