default_image

2 years ago

July 16, 2022

नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तर घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको नेपाल उच्च मनोबलका साथ नामिबियासँग बदला लिने सोचमा हुनेछ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा २ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहेका थिए ।

स्कटल्यान्डलाई नेपालले ५ विकेटले हराएको थियो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

शेख दाजुभाइ राम्रो लयमा छन् । अन्य खेलाडीलाई जिम्मेवारी प्रदर्शन गर्न आवश्यक देखिन्छ । नेपाली ब्याटरलाई जिम्मेवारी प्रदर्शन गर्न आवश्यक पर्छ । तल्लोक्रमका ब्याटरले उत्कृष्ट फिनिसिङ गर्नुपर्ने हुन्छ ।

नेपाल ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट उत्कृष्ट सुरुवात चाहन्छ । कुशल दुबै खेलमा २७(२७ खेलमा आउट भएका थिए । कुशलले सुरुवातलाई ठूलो इनिङ खेल्नुपर्छ ।

तेस्रो नम्बरमा देव खनाल रहनेछन् । देवले नामिबियाविरुद्ध ६५ बलमा ३४ रन बनाएका थिए । देवले आफ्नो स्ट्राइकरेटमा ध्यानदिनुपर्छ । स्कटल्यान्डविरुद्ध ४ रनमा आउट भएका थिए । चौथो नम्बरमा रोहित र पाँचौ नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् ।

तर दीपेन्द्रले भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पछिल्ला पाँच इनिङमा दोहोरो अंकमा रन बनाएका छैनन् । दीपेन्द्र पहिलो खेलमा ४ र दोस्रो खेलमा ३ रनमा आउट भएका थिए । दीपेन्द्र टोलीका प्रमुख ब्याटर हुन् । तर प्रदर्शन उनको ओडिआईमा लज्जास्पद छ । दीपेन्द्रलाई बेन्चमा भने राख्ने छैन् ।

उनको विकल्पमा विनोेद भण्डारी र पवन सरार्फ हुन् । दीपेन्द्र प्रमुख अलराउन्डर हुँदा निरन्तरता पाउनेछन् । दीपेन्द्र फिल्डिङ र बलिङ पनि राम्रो गर्दछन् । प्रदर्शन अनुसार दीपेन्द्र बेन्चमा हुनुपर्ने हो । तर उनको विकल्पमा अर्को राम्रो ब्याटर टोलीमा । त्यसैले दीपेन्द्रले निरन्तरता पाउनेछन् । तर दीपेन्द्रले जिम्मेवारी इनिङ खेल्नुपर्छ ।

आरिफ शेखले लगातार राम्रो प्रदर्शन गरेका छन् । आरिफ एकतर्फबाट विकेट बचाउँदै फिनिसरलाई राम्रो आधार बनाउन चाहन्छन् । नेपालले तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र आदिल अन्सारीलाई निरन्तरता दिनेछन् । यी तीनै खेलाडी अलराउन्डर हुन् । करण र आदिल राम्रो सुरुवातमा विष्फोटक अन्त्य गर्न सक्छन् । स्कटल्यन्डविरुद्ध करण र आदिलले तीन तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने स्पिनरका प्रमुख हतियार हुन् ।

बसिर अहमदको स्थानमा पवनलाई सोच्न सक्छ। तर बसिरले पहिलो खेलमा ७.३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध २ ओभरमा चार रन खर्चेका थिए । बसिर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । बसिर टोलीमा रहेका एकमात्र बायाँ हाते खेलाडी हुन् ।

पछिल्लो खेलमा मौका पनि पाएनन् । परिवर्तनको लागि मुख्यता खेलाडीको प्रदर्शन खराब हुनुपर्छ । त्यसैले उनलाई निरन्तरता दिनेछ । नेपालको टोलीमा परिवर्तनको सम्भावना छैन । पछिल्लो खेलमा सानदार प्रदर्शन गरेको थियो । परिवर्तनले टोलीको प्रदर्शनमा फरक पार्ने हुँदा लगातार तेस्रो खेलमा एकै टोलीलाई निरन्तरत दिने सम्भावना छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

November 6, 2024

काठमाडौ गुर्खाजले ट्यालेन्ट हन्ट गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ । गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ । ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट […]

November 6, 2024

पुजा प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्व कपको एसिया क्षेत्र छनोटमा थाइल्यान्डविरुद्धको खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ द म्याच घोषित भएकी छिन् । थाइल्यान्डलाई बुधवार ६७ रनले पराजित गर्दै नेपाललाई सुखद सुरुवात गराउन अलराउन्डर प्रदर्शन गरेकी पुजाले प्लेयर अफ द म्याच अवार्ड पाएकी हुन् । पुजाले थाइल्यान्डविरुद्ध ४० बलमा ३ चौका र […]

November 6, 2024

पुजाको अलराउन्ड प्रदर्शनमा नेपालको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले थाइल्यान्डलाई हराएको छ । बुधवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि ६७ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । थाईल्यान्डका ओपनर […]

Success

Thank you for your time.