3 years ago
July 16, 2022
एजेन्सी – टेस्ट क्रिकेटका चर्चित भारतीय ब्याटर मुरली विजयले तामिल नाडु प्रिमियर लिग टि२० क्रिकेटमा विष्फोटक शतक हानेका छन् । विजयले रुबी चित्री वारियर्सबाट नेल्लई किंग्सरोयलविरुद्ध विष्फोेटक शतक प्रहार गरेपनि टोली ६६ रनले पराजित भयो ।

जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको रुबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनायो । रुबीका लागि मुरली विजयले ६६ बलमा ७ चौका र १२ छक्कासहित १ सय २१ रनको विष्फोटक इनिङ खेले । उनी बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
रोयल किंग्सका बाबा अपराजिथ र ईश्वरनले दुई दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको रोयल किंग्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । उसका लागि सञ्जय यादवले ५५ बलमा ६ चौका र ९ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेले । बाबा अराजिथले ४८ बलमा ५ चौका र ८ छक्कसहित ९२ रनमा अविजित रहे ।
मुरली विजयी २०१८ यता भारतीय टेस्ट टोलीमा छैनन् । उनले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । टेस्टमा १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन् ।
२०१० मा चेन्नई सुपरकिंग्सबाट मुरली विजयले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]