default_image

2 years ago

July 20, 2022

आइसिसीको वाार्षिक साधरण सभामा भाग लिन चन्द र मल्ल इंग्ल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक साधरण सभामा भाग लिन नेपाल क्रिकेटसँगका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आज इंग्ल्यान्डको बर्मिङ्गमतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगि सकेका उनीहरु आज विहान त्यसतर्फ लागेका हुन् । वार्षिक साधरण सभा २६ जुलाईमा भएपनि कार्यक्रम भने २३ जुलाई देखिनै सुरु […]

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक साधरण सभामा भाग लिन नेपाल क्रिकेटसँगका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आज इंग्ल्यान्डको बर्मिङ्गमतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगि सकेका उनीहरु आज विहान त्यसतर्फ लागेका हुन् ।

वार्षिक साधरण सभा २६ जुलाईमा भएपनि कार्यक्रम भने २३ जुलाई देखिनै सुरु हुनेछ । आइसिसीको वार्षिक साधरण सभामा मुख्य एजेन्डा ओडिआई मान्यता रहनेछ । ‘२३ जुलाई देखि २७ अफिसल कार्यक्रम छ । २६ जुलाईमा वार्षिक साधरण सभा छ । यसबीचमा विभिन्न कार्यक्रम छ । एसोसियट नेशन ओडिआई लगायत विभिन्न कुरामा छलफल छ’, प्रशान्तले भने ।

हालसम्म ओडिआई मान्यतालाई कसरी लैजाने टुङ्गो हुन सकेको छैन । यस वार्षिक साधरण सभापछि ओडिआई मान्यता बारे स्पष्ट धारणा आउने छ । यसबीचमा नेपालले भारतको क्रिकेट बोर्ड बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुली र मानार्थ सचिव जय शाहबीच पनि नेपाली क्रिकेट विकासको लागि छलफल हुनेछ ।

गांगुली भारतका पूर्व महान् खेलाडी तथा सफल क्रिकेटर हुन् । जय शाह एसियन क्रिकेट काउन्सिल ( एसिसी) का अध्यक्ष समेत हुन् । क्यानले केहिदिन अघि गांगुलीसँग छलफल गरि सकेको समेत जनाएको छ ।

नेपालले अहिले विश्वकप लिग २ मा रहेका ७ देशलाई ओडिआईमा निरन्तरता दिँदै थप दुई टोली थप्न प्रस्ताव गर्ने भएको छ । ‘हामीसँग राम्रो योजनाहरु छन् । आशा गरौं केहि राम्रो उपलब्धी हुनेछ । सबैभन्दा महत्वपूर्ण ओडिआई एजेन्डा ओडिआई मान्यता हुनेछ । हाम्रो लविङ सातवटा देशलाई नहटाएर थप दुई देश गर्ने भनेर हामीले एजेन्डा दिई सकेका छौं । युएईले पनि यसलाई समर्थन गरेको छ । आशा गरौं यो पनि हुन्छ होला’, प्रशान्तले भने ।

नेपालले हाल विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको छ । शीर्ष तीन टोली सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसिय विश्वकप छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता कुन टोलीले कसरी पाउने हालसम्म स्पष्ट खाका छैन । वहाँबाटनै स्पष्ट हुनेछ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै पुछारमा छ ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि हङकङ विरुद्ध भिड्दै छ । खेल नेपाली समय अनुसार ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.