default_image

2 years ago

July 20, 2022

‘एउटा शतकको पखाईमा छु’ – आसिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा विकेटकिपर ओपनर आसिफ शेखपछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्ने ब्याटर हुन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आसिफ अमेरिका र स्कटल्यान्ड भ्रमणमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् । अझ अमेरिका पूर्ण फिट नहुँदा पनि उनले तीन मध्य दुई खेलमा अर्धशतक हानेका थिए । आसिफ […]

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा विकेटकिपर ओपनर आसिफ शेखपछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्ने ब्याटर हुन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आसिफ अमेरिका र स्कटल्यान्ड भ्रमणमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

अझ अमेरिका पूर्ण फिट नहुँदा पनि उनले तीन मध्य दुई खेलमा अर्धशतक हानेका थिए । आसिफ राम्रो सुरुवातपछि भने ठूलो इनिङ खेल्न चुकेका थिए । आसिफ एउटा शतकको पर्खामा रहेको बताएका छन् ।

‘एउटा इनिङमा शतक बन्यो भने खेलमा कसरी शतक बनाउने थाहा हुन्छ । सुरुवात पाएपछि ६०/७० पछि कसरी खेल्ने र कुन गतीमा खेललाई लगेर जाने थाहा हुन्छ । म त्यहिँ एउटा इनिङको पर्खाईमा छु । आशा गरौं चाँडै त्यो इनिङ आउस्’, आसिफले स्कटल्यान्डबाट फर्केपछि भने ।

स्कटल्यान्डलाई हराउन आसिफ शेखले ७१ रनको इनिङ खेलेका थिए । १ सय ४५ रनको लक्ष्य २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालले आफ्नो इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराएको थियो । स्कटल्यान्ड भ्रमणमा आसिफले कुल १ सय ५९ रन बनाएका थिए । अन्य ब्याटरले खेलमा कुल ६१ माथि रन बनाउन सकेका थिएनन् ।


अमेरिका भ्रमणमा आसिफले तीन खेलमा १ सय ४१ रन बनाएका थिए । दोस्रो स्थानमा उनका दाई आरिफ शेखले १ सय ३७ रन बनाएका थिए । स्कटल्यान्ड भ्रमणमा भने आरिफले एक अर्धशतक सहित मात्र ५५ रन बनाए ।

‘समग्रमा हामीले बलिङमा राम्रो क्रिकेट खेलेका हौं । ब्याटिङमा त्यहिँ सुधार गर्नुपर्छ । इंग्लिस कन्डिसनमा खेल्न त्यति सजिलो चाहिँ हुँदैन । त्यहिँपनि क्यानाडामा हामी समान कन्डिसनमा राम्रो तयारी गरेका थियौं । स्कटल्यान्डमा जादा ब्याटिङ टेक्निकलमा सुधार गर्नुपर्ने हुन्छ’, आसिफ शेखले भने ।

नेपालले कमजोर ब्याटिङको कारण नामिबियासँग ४० रन र ६३ रनले पराजित भएको थियो । अन्तिम खेलमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालको ब्याटिङमा खेलाडीको सट र गैरजिम्मेवारलाई लिएर प्रश्न उठ्ने गर्दछ । आसिफले आफ्नो जिम्मेवारी आफैं लिनुपर्ने बताउँछन् ।

‘खासमा आफ्नो जिम्मेवारी आफैं लिनुपर्छ । हामीले लक्ष्य पूरा गर्न नसक्नुमा प्रशिक्षकलाई अझ धेरै ज्ञान होला । हामीले जव एउटा दुईवटा खेल जित्छौं । अनि जित्ने बाटो थाहा हुन्छ’, आसिफले भने । त्यसैमा थपे, ‘समस्या हाम्रो ब्याटिङमा हो । जव हामी जित्न थाल्छौं सबै कुरा आफैं राम्रो देखिन्छ । आफ्नो टेक्निक र माइन्ड सेटमा सुधार गुर्नपर्छ ।’

अर्को तर्फबाट भने कुशल भुतेल सस्तैमा आउट भए । कुशल स्कटल्यान्ड भ्रमणमा क्रमश : २७, २७, ० र ३ रनमा आउट भएका थिए । अर्को ओपनर सुरुमै आउट हुँदा कतिको असर पर्छ भन्ने प्रश्नमा आसिफले भने, ‘यो सबैको हकमा जिम्मेवारी हो । सुरुवात राम्रो नभएपछि हामीसँग मध्यक्रममा पर्याप्त ब्याटर छन् । शीर्ष स्थानमा पनि त्यतिनै क्षमता छ । सबै जनाको बराबर क्षमता छ । त्यस्तो खासै केहि फरक पर्दैन’, आसिफले टुङ्गाए ।

आसिफको क्रिकेट जीवनी पढ्नुहोस् : शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.