default_image

2 years ago

July 20, 2022

राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा पुबुदुले आफ्नो भनाइ यसरी राखे : ‘मैले मेरो प्रशिक्षण करिअरमा लिएको सबैभन्दा कठिन निर्णय हो । म कुनैपनि काम अपुरो छाड्ने व्यक्ति होइन । […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेका हुन् ।

राजीनामा घोषणा गर्ने क्रममा पुबुदुले आफ्नो भनाइ यसरी राखे :

‘मैले मेरो प्रशिक्षण करिअरमा लिएको सबैभन्दा कठिन निर्णय हो । म कुनैपनि काम अपुरो छाड्ने व्यक्ति होइन । मैले जहाँपनि काम गरेको छु, जस्तो नतिजा आएपनि पुग्नुपर्ने ठाउँमा पुर्याएको छु । यसपटक नेपालमा आएर त्यो हासिल गर्न नसक्दा दुखि छु ।

म समर्थक र अन्य सबैलाई यो जानकारी दिन चाहन्छु की बोर्डले मलाई नियुक्ति दिनुको पनि कारण थियो । म ६ महिना बोर्डसँग काम गर्दा यसबीचमा परिवर्तन भएका छन् । बाहिर बस्ने समर्थक, मिडिया लगायतले यो कुरा थाहा नहुन सक्छ । तर अन्तरिक रुपमा हामीले टोलीलाई एक गर्न धेरै काम गरेका छौं । टोलीलाई सही दिशा दिनका लागि कामहरु भएका छन् ।

म कोही परिवर्तन हुन चाहन्छ भने उनीहरुलाई मौका दिने व्यक्ति हुँ । समय दिने व्यक्ति हुँ । म आउँदा केही राम्रा खेलाडी थिएँ र उनीहरुको लागि केही परिवर्तन गरेको छु । अहिले अमेरिका र स्कटल्यान्डबाट फर्केको टिममा राम्रो भविष्य छ । अमेरिकामा टोलीले राम्रो प्रदर्शन गरेको थियो । स्कटल्यान्डमा पनि राम्रो अवसर थियो, तर नतिजा ल्याउन सकेनौं ।

अहिले टोलीमा भएको समस्या अब बाँकी छैन । सन्दीप पनि कप्तानको भूमिकामा खारिएका छन् । हाम्रो टोली राम्रो छ अब धैर्य गर्नुपर्छ । अबको १२-१४ महिनामा एसोसिएटमा उत्कृष्ट टोली बन्ने मैले विश्वास गरेको छु । त्यसका लागि समय चाहिन्छ र मलाई दुख लागेको छ म टोलीको साथमा हुनेछैन ।

मैले पद छोड्नु नितान्त व्यक्तिगत कारण हो । म यसलाई विस्तृत रुपमा अहिले भन्न चाहन्न । यो अकस्मात आज आएको निर्णय पनि होइन । मैले लामो समयदेखि उक्त समस्या सुल्झाएर प्रशिक्षण जारी राख्ने सोचेको थिएँ तर अब यस्तो समय आयो मैले यहाँ निरन्तरता दिन सकिन ।

म अर्को महत्त्वपूर्ण कुरा भन्न जाँदैछु । मैले सन् २००७ यता अन्तर्राष्ट्रिय क्रिकेटमा काम गरेको छु । यसपटक क्यानबाट पाएको सहयोग निकै राम्रो थियो । समर्थकले नतिजाको अनुसार हाम्रो आलोचना गर्नु स्वभाविक हो । पछिल्लो ६ महिनामा बोर्डले टोलीको लागि गरेको कार्य प्रशंसनीय छ । बोर्डले गरेका यी कार्यको नतिजा पक्कै आउनेछ ।

यो क्षेत्रमा राम्रो कार्य गर्नेमध्य कम टोलीमा नेपाल पर्छ । म सहजै कसैको बारे राम्रो भन्दिन, तर बोर्डले यो कठिन समयमा गरेको काम निकै राम्रो थियो । मलाई विश्वास गरेर ल्याएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु । म माफी माग्छु की मैले काम बिचमा छोड्नुपर्यो । तर नेपाली क्रिकेटलाई सही दिशा दिन पाएकोमा म खुसी छु ।

म जाँदैछु । तर नेपाली क्रिकेटको प्रगतिको कामना गर्दछु । सदाझैं नेपाली क्रिकेट नजिकबाट नियाल्नेछु । सबैलाई धन्यवाद ।

पुबुदुलाई नेपालको पद छाडेपछि अन्यत्र नियुक्ति हुने सम्भावनाबारे पनि सोधिएको थियो । उनले आफू अन्यत्र कतै काम नगर्ने पनि प्रष्ट पारे । ‘मैले राजीनामा दिँदा पनि क्यानलाई भनेको छु । म अब क्यानडा फर्कनेछु । अहिले घरबाट बाहिर गएर काम गर्न सक्ने अवस्था छैन । यदि काम गरिहालें पनि क्यानडामा बसेर घरबाट स्थानीय क्रिकेटमा गर्छु । मलाई थाहा छ अमेरिकी लिगको टोलीमा नाम जोडिएको छ, तर त्यो सम्भव छैन,’ उनले बताए ।

पुबुदुले टोली समयसँगै एकजुट भएको देख्दा खुसी लागेको पनि बताए । उनले ब्याटिङमा पनि छोटो समयमा सुधार देखिने विश्वास रहेको बताए । उनले खेलाडीलाई आज विहान मात्र आफूले पद छोड्न लागेको थाहा भएको पनि जानकारी दिए ।

पुबुदुले अन्त्यमा समर्थकलाई टोलीमा विश्वास गरेर साथ दिन आग्रह गरे । ‘समर्थकहरु हारमा दुखि हुनु जायज हो । तर यो टोलीमा निकै सम्भावना छ । टोलीलाई साथ दिनुहोस् । सन्दीपलाई साथ दिनुहोस् । आउने दिनमा टोलीले निकै खुसी दिनेछ,’ उनले टुंग्याए ।

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

Success

Thank you for your time.