default_image

2 years ago

July 20, 2022

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । घोषणाका क्रममा उनले व्यक्तिगत कारणले पद छाड्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा अर्को जिम्मेवारी लिनुहुन्छ वा हुन्न भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो, ‘ ‘मैले राजीनामा दिँदा पनि क्यानलाई भनेको छु । म अब क्यानडा फर्कनेछु । अहिले घरबाट बाहिर गएर काम गर्न सक्ने अवस्था छैन । यदि काम गरिहालें पनि क्यानडामा बसेर घरबाट स्थानीय क्रिकेटमा गर्छु । मलाई थाहा छ अमेरिकी लिगको टोलीमा नाम जोडिएको छ, तर त्यो सम्भव छैन ।’

पत्रकार सम्मेलनमा उनले राखेको भनाइ यहाँ पढ्नुहोस् : राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

Success

Thank you for your time.