default_image

2 years ago

July 20, 2022

पुबुदुले राजीनामा दिनुको ६ कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् । पुबुदु राजीनामा गरेको केहि घण्टामै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भए । गत वर्ष पुन नेपाल फर्किएका दासानायकेले ७ महिनामा नेपाल छाडेका हुन् । अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुग्न असफल र विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् । पुबुदु राजीनामा गरेको केहि घण्टामै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भए ।

गत वर्ष पुन नेपाल फर्किएका दासानायकेले ७ महिनामा नेपाल छाडेका हुन् । अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुग्न असफल र विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार खराब प्रदर्शनपछि ठूलो दबाब र आलोचनापछि उनले राजीनामा दिएका हुन् ।

दासानायके पहिला मुख्य प्रशिक्षक हुँदा नेपालले २०१४ मा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । त्यसबेला सन् २०११ देखि २०१५ सम्म डिभिजन चारदेखि दुई सम्मको यात्रा गरेको थियो । यसअघि नेपाली क्रिकेट इतिहासकै सफल प्रशिक्षक मानिएका पुबुदुको दोस्रो कार्यकाल भने बिर्सनलायक रह्यो । उनले राजीनामा दिनुको ६ कारण यस प्रकार छन् ।

६. क्यानडाको मुख्य प्रशिक्षक

पुबुदु नेपाली क्रिकेट टोलीको राजीनामा दिएसँगै क्रिकेट क्यानाडाले मुख्य प्रशिक्षकमा नियुक्त भए । आफ्नो परिवारबाट लामो समय टाढा रहेका उनले क्यानडाको विकल्प आएपछि घरमै बसेर प्रशिक्षण दिने निर्णय लिएका हुन् । उनी राजीनामा घोषणामा पनि व्यक्तिगत कारणलाई धेरै प्राथमिकता दिइरहेका थिए ।

पुबुदुलाई नेपालको स्तरमा काम गर्न सहज पनि थिएन । परिवारका साथ रहेर काम गर्ने अवसर जुरेपछि उनले छाडेका हुन् । पुबुदुले राजीनामाको समयमा आफू विदेशतिर अन्यत्र कतै काम नगर्ने बताएपनि क्यानडाको टोली हेर्ने कुरा केहि समयमै बाहिरिएको थियो ।

५. ब्याटिङमा सुधार नहुनु

ब्याटिङ नेपालको मुख्य समस्या हो । नेपाल आउने जो कोही प्रशिक्षकको मुख्य चुनौती ब्याटिङ नै हो । उनको प्रशिक्षणमा नेपालको ब्याटिङ खराब रह्यो । सात महिनासम्म ब्याटिङ सुधार गर्न नसकेपछि नतिजा आउने कुरा भएन ।

पुबुदुअघि अष्ट्रेलियाका देव ह्वाटमोरले ब्याटिङमा ठूलो आशा देखाएपछि अपेक्षा तीव्र थियो । अपेक्षा निराशामा परिणत भएपछि आलोचनाले नेपाल छोड्ननै पुबुदुले उपयुक्त ठाने ।

४. टि२० विश्वकप पुग्न नसक्नु

पुबुदुलाई ल्याउनुको मुख्य र पहिलो उदेश्य २०२२ को अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप थियो । उनी नेपाल आएको डेढ महिनापछि छोटो तयारीका साथ नेपाल आइसिसी टि२० विश्वकप छनोट ए खेल्न ओमान गयो ।

नेपाल समूहबाट अपराजित भएपनि विश्वकपमा पुग्न निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित भएपछि विश्वकप पुग्ने योजना असफल भएको थियो । मुख्य उदेश्यनै असफल भएपछि पुबुदुलाई मानसिक दबाब पर्न थालेको थियो । अन्तिम विकल्प रहेको विश्वकप लिग २ मा पनि खराब प्रदर्शनपछि छाड्नु बाहेक अर्को विकल्प थिएन ।

३. संकटमा ओडिआई मान्यता

नेपालको ओडिआई मान्यता संकटमा छ । नेपालले विश्वकप लिग २ मा २० खेलमा ८ मा जित र ११ मा हारसँगै १७ अंक जोड्दै छैटौं स्थानमा छ । उनको प्रशिक्षणमा विश्वकप लिग २ मा १२ खेलमा नेपालले ७ खेल पराजित भयो । ७ हारले नेपालको ओडिआई मान्यतानै संकटमा पुगेको छ ।

आइसिसीले ओडिआई मान्यताको आधिकारीक खाका सार्वजनिक गरेको छैन । तर हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले ओडिआई मान्यता पाउने बताईएको छ । नेपालले १६ खेल खेल्न बाँकी छ । शीर्ष तीनमा पर्न लगभग सबै खेल जित्नु पर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन १२ माथि जित्नु पर्ने हुन्छ ।

अहिलेको ब्याटिङ र नतिजाले त्यो धेरै कठिन छ । ओडिआई मान्यता गुम्नु अघिनै छाड्नु सबैभन्दा उपुक्त निर्णय सम्झे । यदि ओडिआई गुमेमा आफ्नो प्रशिक्षणमा असफलताको कालो धब्बा लाग्ने थियो ।

२. एकताको अभाव

नेपाली टिममा एकताको अभाव छ । जसको कारण नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन । पुबुदुलाई मुख्य प्रशिक्षकमा ल्याउनुको मुख्य कारण टिम एकता बनाउनु थियो । समयसँगै त्यसमा केहि सुधार गरेपनि पुबुदु पूर्ण रुपमा सफल हुन सकेनन् ।

नेपाली क्रिकेटमा सबैभन्दा बढी चुनौती नै एकता गराउनु हो । एकता विना जतिसुकै बलियो भएपनि नतिजा आउन सक्दैन । एकता गराउन नसकेपछि नेपालमा उनीलाई सहज नहुने बुझे ।

१. खेलाडीबाट साथ नपाउनु

पुबुदु जुन अपेक्षाका साथ नेपाल आएका थिए त्यो अनुसार साथ पाउन सकेनन् । पुबुदु २०११ देखि २०१५ सम्म सफल हुनुमा खेलाडीको एकता र टिम भावना थियो । पुबुदुले यस पटक खेलाडीबाट साथ पाउन सकेनन् । उनी खेलाडी विवादको समयमा आएका थिए ।

पुबुदुले ती विवादीत खेलाडीको पक्षमा नबोल्दै क्यानतर्फ लागेपछि स्वभाविक रुपमा साथ नपाउने निश्चित थियो । प्रमुख खेलाडीले नै साथ नदिएपछि टिमले जित्न सक्दैन । त्यसैले पुबुदुले क्यानाडानै फर्कने निर्णय लिए ।

यो पनि : राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

Success

Thank you for your time.