default_image

2 years ago

July 21, 2022

आयरल्यान्डमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – विकेटकिपर क्लेभर डेन र स्पिनरको उच्च प्रदर्शनमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डमाथि ८८ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिज न्युजिल्यान्डले एक खेल अगावै जितेको छ । सिभिल सर्विस क्रिकेट क्लब, बेलफास्टमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ […]

114 views

0 Bookmark

एजेन्सी – विकेटकिपर क्लेभर डेन र स्पिनरको उच्च प्रदर्शनमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डमाथि ८८ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिज न्युजिल्यान्डले एक खेल अगावै जितेको छ ।

सिभिल सर्विस क्रिकेट क्लब, बेलफास्टमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । न्युजिल्यान्डका विकेटकिपर क्लेभर डेनले ५५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।

करिअरको दोस्रो टि२० आई खेल खेलेका उनको यो उच्च प्रदर्शन हो । युवा ओपनर फिन एलेन २० बलमा ४ चौका र २ छक्कासहित ३५, मार्टिन गुप्टिल ११, ग्लेन फिलिप्स २३ र मिचेल डर्याल १४ रनमा आउट भए ।

आयरल्यान्डका क्रेग योंग र लिटिल जोशुआले दुई दुई विकेट लिए । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । पउल स्टर्लिङ २१, कर्टिस क्याम्फर १४ र ह्यारी टेक्टर २ रनमा आउट भए ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले पाँच बल गर्दै ह्याट्रिक लिए । उनी न्युजिल्यान्डबाट ह्याट्रिक लिने टि२० आईमा तेस्रो बलर हुन् । उनले १४ औं ओभरको तेस्रो बलमा मार्क आदिर, चौथो बलमा ब्यारी म्याकार्थी र पाँचौं बलमा क्रेग योंगलाई क्याच आउट गर्दै करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका थिए ।

अर्का स्पिनर ईश सोधीले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर याकुव डफीले दुई विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.