default_image

2 years ago

July 21, 2022

करिअरको पहिलो ओभरमै ह्याट्रिक

एजेन्सी – न्युजिल्यान्डका स्पिन अलराउन्डर माइकल ब्रेसवेलले आफ्नो टि२० करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् । उनले दोस्रो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डविरुद्ध १४ औं ओभरमा ह्याट्रिक लिएका हुन् । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र […]

131 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका स्पिन अलराउन्डर माइकल ब्रेसवेलले आफ्नो टि२० करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् । उनले दोस्रो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डविरुद्ध १४ औं ओभरमा ह्याट्रिक लिएका हुन् ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले पाँच बल गर्दै ह्याट्रिक लिए । उनले १४ औं ओभरको तेस्रो बलमा मार्क आदिरलाई ग्लेन फिलिप्सबाट क्याच गराए । चौथो बलमा ब्यारी म्याकार्थी फिलिप्सबाटनै ११ रनमा आउट भए । उनले पाँचौं बलमा प्वाइन्टमा क्रेग योंगलाई ईश सोधीबाट क्याच गराउँदै आफ्नो टि२० करिअरको पहिलो ओभरमै ह्याट्रिक लिन सफल भए ।

उनी न्युजिल्यान्डबाट टि२० आईमा ह्याट्रिक गर्ने ज्याकोब ओरम र टिम साउथीपछि तेस्रो बलर हुन् । अफ स्पिन बलिङ गर्ने उनले ब्याटिङ पनि राम्रो गर्ने गर्दछन् । उनले आयरल्यान्डसँगको पहिलो टि२० आईमा डेब्यू गरेका थिए ।

ब्रेसवेलले न्युजिल्यान्डलाई आयरल्यान्डसँगको पहिलो ओडिआई खेलमा अप्रत्याशित हारबाट जोगाएका थिए । जितको लागि ३ सय १ रनको विजयी लक्ष्य न्युजिल्यान्डले सातौं नम्बरका ब्याटर ब्रेसवेलको १ सय २७ रनको अविजित शतकमा एक यादगार जित दिलाएका थिए ।

त्यसअघि सिभिल सर्विस क्रिकेट क्लब, बेलफास्टमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । न्युजिल्यान्डका विकेटकिपर क्लेभर डेनले ५५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रन बनाए । करिअरको दोस्रो टि२० आई खेल खेलेका उनको यो उच्च प्रदर्शन हो ।

आयरल्यान्डका क्रेग योंग र लिटिल जोशुआले दुई दुई विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.