default_image

2 years ago

July 21, 2022

राशिदलाई पछि पार्दै सन्दीपको दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा अफगानिस्तानका विश्व चर्चित राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान कायम गरेका छन् । सन्दीपले ओडिआई क्रिकेटको बलिङ एभरेज (औसत) तर्फ कीर्तिमान बनाएका हुन् । सन्दीप विश्व ओडिआई क्रिकेट इतिहासमा सबैभन्दा कम औसतमा बलिङ गर्ने खेलाडी हुन् । ओडिआई क्रिकेट सन् […]

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा अफगानिस्तानका विश्व चर्चित राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान कायम गरेका छन् ।

सन्दीपले ओडिआई क्रिकेटको बलिङ एभरेज (औसत) तर्फ कीर्तिमान बनाएका हुन् । सन्दीप विश्व ओडिआई क्रिकेट इतिहासमा सबैभन्दा कम औसतमा बलिङ गर्ने खेलाडी हुन् । ओडिआई क्रिकेट सन् १९७१ देखि सुरु हुँदा सन्दीपले उक्त कीर्तिमान आफ्नो नाम गरेका हुन् । सन्दीपले ओडिआईको ५१ वर्षको इतिहास हुँदा खेल्न थालेको छोटो समयमा नै कीर्तिमान बनाएका छन् ।

सन्दीपले ३० ओडिआई खेलमा १ हजार ६ सय २ बल गर्दै १ हजार ७५ रन खर्चेर ६९ विकेट लिएका छन् । उनको प्रति विकेट औसत रन १५.५७ रहँदा ४.०२ को ईकोनमीमा रन खर्चेका छन् । उनले करिअरमा एकै इनिङमा दुई पटक ६–६ विकेट हात पारेका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन ६–११ छ । अफगानिस्तानका राशिद खानले २०१५ देखि ओडिआई खेल्न सुरु गर्दा ८३ खेलमा ४ हजार २ सय ४१ बल गर्दै कुल २ हजार ९ सय ४७ रन खर्चेर १ सय ५८ विकेट लिएका छन् ।

राशिदको औसत १८.६५ रहँदा इकोनमी ४.१६ छ । सन्दीपले राशिदको औसतलाई ३.०८ को औसतले पछि पारेका हुन् । राशिदको उत्कृष्ट प्रदर्शन ७–१८ छ । अर्थात औसत अनुसार सन्दीपले झन्डै १६ रन खर्चदा एक विकेट लिने गर्दछन् । राशिदले १९ रन खर्चिदा एक विकेट हात पार्दछन् । क्रिकेटमा बलिङ औसत बलरले खर्चेको कुल रनलाई लिएको विकेटले भाग गर्नुपर्ने हुन्छ । त्यसबाट आउने अंक नै औसत मानिन्छ ।

सन्दीपले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक पहिलो ओडिआईमा डेब्यू गरेका थिए । त्यसपछि सन्दीप प्रमुख बलरको रुपमा खेलेका छन् । सन्दीपले आफ्नो कप्तानीमा १४ ओडिआई खेलमा २८ विकेट, पारसको कप्तानीमा ६ खेलमा १५ र ज्ञानेन्द्र मल्लको कप्तानीमा १० खेलमा २६ विकेट लिएका छन् ।

विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले २० खेलमा ४२ विकेट लिएका छन् । सन्दीप वर्तमान एसोसियट क्रिकेटका प्रमुख बलरमा पर्दछन् ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.