default_image

2 years ago

July 23, 2022

वेस्टइन्डिजमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । वेस्टइन्डिजलाई जितको लागि अन्तिम […]

122 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । वेस्टइन्डिजलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिँएको अवस्थामा मोहम्मद शिराजाले एक चौकासहित ११ रन खर्चेपछि भारतको जित पक्का भएको हो ।

वेस्टइन्डिजका ओपनर काईल मेयर्सले ६८ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए । ओपनर शाई होप ७ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि मेयर्स र शमराह ब्रुकले १ सय १७ रनको शतकीय साझेदारी गर्दै खेललाई अघि बढाएका थिए । ब्रुक ६१ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए ।


त्यसपछि भने ठूलो साझेदारी हुन सकेन । ब्रेन्डम किंग ६६ बलमा २ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । कप्तान निकोलस पुरन २५ र रोभम्यान पावेल ६ रनमा आउट भए । अकिल हुसैन ३२ बलमा २ चौका सहित ३२ रनमा अविजित रहे । रोमारियो शेफर्ड २५ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे ।

भारतका मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले दुई दुई विकेट लिए । त्यसअघि क्विन पार्क ओभलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनायो । भारतका कप्तान शिखर धवन ९९ बलमा १० चौका र ३ छक्कासहित ९७ रनमा आउट भए । अर्का युवा ओपनर शुभमन गिल ५३ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा आउट भए ।

ओपनर गिल र धवनले पहिलो विकेटका लागि १७.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । श्रेयस ऐर ५७ बलमा ५ चौका र २ छक्कासहित ५४, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२, दीपक हुडा २७ र अक्षर पटेल २१ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफ र गुडाकेश मोटीले दुई दुई विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.