default_image

2 years ago

July 23, 2022

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अप्रिका ८३ रनमा अल आउट भयो । खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो । […]

120 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अप्रिका ८३ रनमा अल आउट भयो । खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो । दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका हेनरिक क्लासेनले ४० बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट भए ।

क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन् । जुन समय ३.५ ओभरमा ६-४ खराब अवस्थामा पुगेको थियो । इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिए । रिस टोप्ली र मोईन अलीले दुई दुई विकेट लिए । साम करन र डेविड विल्लीले १-१ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड २८.१ ओभरमा २ सय १ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियम लिभिङस्टोनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

साम करनले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । करन खेलको प्लेयर अफ द म्याच चुनिए । ओपनर जेसन रोय १४, जोनी बेयरस्टो २८, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९, डेविड विल्ली २१ र आदिल राशिद १२ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ६ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई दुई विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.