default_image

2 years ago

July 25, 2022

सन्दीपको नाममा ६ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । एसोसिएट क्रिकेटमा स्टार खेलाडीको नाम लिँदा सन्दीप अग्रस्थानमा आउँछन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विग ब्यास लिग सम्मका विश्व […]

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । एसोसिएट क्रिकेटमा स्टार खेलाडीको नाम लिँदा सन्दीप अग्रस्थानमा आउँछन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विग ब्यास लिग सम्मका विश्व चर्चित फ्रेन्चाइज लिग खेलेका छन् । सन्दीपले राष्ट्रिय टोलीका लागि थुप्रै कीर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पनि विश्व कीर्तिमान बनाएका छन् । सन्दीपले ६ कीर्तिमान यस प्रकार छन् ।

६.संयुक्त टोलीबाट टि२० आईमा डेब्यू

सन्दीप संयुक्त टोलीबाट टि२० आईमा डेब्यू गर्ने पहिलो क्रिकेटर हुन् । सन्दीपले २०१८ मे ३१ मा आइसिसी विश्व–११ बाट वेस्टइन्डिजविरुद्ध टि० आई मा डेब्यू गरेका थिए । सन्दीप संयुक्त टोलीबाट टि२० आईमा डेब्यू गर्ने पहिलो क्रिकेटर बने । सन्दीपले टि२० आईमा डेब्यू नेपालबाट गरेका थिएनन् । त्यो समय नेपालको टि२० आई मान्यता गुमेको थियो ।

५.टि२० आईमा उत्कृष्ट स्ट्राइक रेट

सन्दीप टि२० आई क्रिकेटमा सबैभन्दा उत्कृष्ट स्ट्राइक रेटमा बलिङ गर्ने बलर हुन् । सन्दीपले ३९ खेलमा १२ को स्ट्राइक रेटमा बलिङ गरेका छन् । उनीपछि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुन्गी एनगिडी, भारतका कुलदीप यादव र कतारका इकबाल हसनले समान १२.५ को स्ट्राइक रेटमा बलिङ गर्दै दोस्रो स्थानमा छन् ।

४. टि२० आईमा उत्कृष्ट औसत

सन्दीप विश्व टि२० आई क्रिकेटमा सबैभन्दा कम औसतमा बलिङ गर्ने बलर हुन् । सन्दीपको औसत १२.७६ छ । सन्दीप पछि अफगानिस्तानका स्पिनर राशिद खानको टि२० आई क्रिकेटमा औसत १३ को छ ।

३. ओडिआईमा उत्कृष्ट स्ट्राइक रेट

सन्दीप ओडिआई क्रिकेटमा पनि उत्कृष्ट स्ट्राइकरेटका साथ बलिङ गर्ने बलर हुन् । सन्दीपले ३० ओडिआई खेलमा २३.२ ओ स्ट्राइक रेटमा ६९ विकेट लिएका छन् ।

सन्दीपपछि दोस्रो स्थानमा अष्ट्रेलियाका तीव्र गतिका बलर रयान हरिसले २१ खेलमा २३.४ ओ स्ट्राइकरेटमा ४४ विकेट लिएका छन् । तेस्रो स्थानमा ओमानका विलाल खान छन् । विलालले ३६ खेलमा २४.३ को स्ट्राइकरेटमा ७६ विकेट लिएका छन् ।

२. ओडिआईमा उत्कृष्ट औसत

सन्दीप ओडिआईमा उत्कृष्ट औसतका साथ बलिङ गर्ने बलर हुन् । सन्दीपले १५.५७ को औसतमा विकेट लिएका छन् । सन्दीपपछि राशिद खानले ८३ खेलमा १८.६५ को औसतमा १ सय ५८ विकेट लिएका छन् ।

१. ओडिआईमा लगातार चार भन्दा बढी विकेट लिने बलर

सन्दीपको ओडिआईमा लगातार चारमाथि तीन पटक विकेट लिने विश्व कीर्तिमान संयुक्त रुपमा छ । सन्दीपले यस कीर्तिमान गत सेप्टेम्बरमा ओमानमा यस कीर्तिमान बनाएका थिए । सन्दीपले २०२० को फ्रेब्रुअरीमा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । त्यसपछि कोरानाले ओडिआई हुन सकेन ।

ओमानको अल अमरेत मैदानमा २०२१ मा सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिँदै यस कीर्तिमान संयुक्त रुपमा कायम गरेका थिए । सन्दीपसहित ११ खेलाडीले यस कीर्तिमान संयुक्त रुपमा कायम गरेका छन् ।

सन्दीपसँगै, पाकिस्तानका वाकर युनिसले तीन, शाहिन शाह अफ्रिदी, शाहिद अफ्रिदी, अब्दुल रजाक, भारतका नरेन्द्र हिरवानी, मोहम्मद शामी, न्युजिल्यान्डका म्याट हेनरी, क्यानाडाका खुर्रम चौहान, अष्ट्रेलियाका शेन वार्न र वेस्टइन्डिजका वासबर्ट ड्रेक्सले ओडिआईमा लगातार तीन पटक चार भन्दा बढी विकेट लिएका थिए ।

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

Success

Thank you for your time.