default_image

2 years ago

July 24, 2022

पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेको छ । लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र […]

166 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेको छ ।

लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोली गरि तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । उपाधि विश्व जायन्ट्सले जितेको थियो । यसपटक प्रतियोगिता भारतमा हुँदैछ ।

त्यसअघि २०२० र २१ मा भने यस प्रतियोगिता रोड सेफ्टी विश्व सिरिजको नामबाट भएको थियो । भारत, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्यान्डका लेजेन्ड्सले खेलेका थिए ।

यस पटक पारस खड्का, श्रीलंका पूर्व महान् बलर चामिन्डा भास लगायत ८ खेलाडीलाई स्वागत गरेको छ । यो संस्करणमा विश्वका ५० लेजेन्ड्सले खेल्ने पक्का भएको छ । यसपटक ज्याक्स कालिस, सौरभ गांगुली, हरभजन सिंह, इरफान पठान, ओईन मोर्गन, चामिन्डा भास, डेल स्टेन, शेन वाट्सन लगायतका विश्वभरका चर्चित खेलाडीले खेल्नेछन् ।

पारस खड्काले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् ।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि पारस पहिलो पटक मैदान उत्रनेछन् ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.