default_image

2 years ago

July 25, 2022

अक्षरको आक्रामक ब्याटिङमा भारतको रोमान्चक जित

एजेन्सी – अलराउन्डर अक्षर पटेलको आक्रामक ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अक्षर पटेल ३५ […]

80 views

0 Bookmark

एजेन्सी – अलराउन्डर अक्षर पटेलको आक्रामक ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा अक्षर पटेल ३५ बलमा ३ चौका र ५ छक्कासहित ६४ रनमा अविजित रहे । पटेलले २७ बलमा ओडिआई करिअरको पहिलो अर्धशतक अर्धशतक हानेका थिए ।

भारतलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । वेस्टइन्डिजका तीव्र गतिका बलर काइल मेयर्सले पहिलो बल पटेललाई डट राखे । दोस्रो बलमा पटेलले एक रन लिए । तेस्रो बलमा मोहम्मद शिराजले एक रन लिएपछि बाँकी तीन बलमा ६ रन चाहिँएको थियो ।

चौथो बलमा अक्षरले लङअफमा छक्का हान्दै भारतलाई रोमान्चक जित दिलाए । युवा ब्याटर श्रेयस ऐर ७१ बलमा ४ चौका र १ छक्कासहित ६३ रनमा आउट भए । सञ्जु स्यामसन ५१ बलमा ३ चौका र ३ छक्कासहित ५४ रनमा रन आउट भए । सुभमन गिल ४९ बलमा ५ चौकासहित ४३ रनमा आउट भए । कप्तान शिखर धवन ३१ बलमा १३ र सूर्य कुमार यादव ९ रनमा आउट भए ।

तल्लोक्रमका दीपक हुडा ३६ बलमा २ चौकासहित ३३, शार्दुल ठाकुर ३ र आवेश खान १० रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले दुई दुई विकेट लिए ।

त्यसअघि क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर शाई होपले १ सय ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । होपले आफ्नो ओडिआई करिअरको एक सय औं खेलमा शतक हानेका हुन् ।

उनले स्पिनर युजभेन्द्र चहललाई छक्का हान्दै ओडिआई करिअरको १३ औं शतक पूरा गरे । चौथो विकेटका लागि कप्तान निकोलस पुरन र शाई होपले १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए । पुरनले ७७ बलमा १ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनी आवेश खानको बलमा बोल्ड भएका थिए ।

ओपनर काईल मेयर्स २३ बलमा ६ चौका र १ छक्कासहित ३९ रनको आक्रामक इनिङ खेल्दै दीपक हुडाको बलमा क्याच एण्ड बोल्ड भए । शम्राह ब्रुक्स ३६ बलमा ५ चौकासहित ३५ र ब्रेन्डन किंग डक आउट भए ।

रोभम्यान पावेल १३, रोमारियो शेफर्ड १५ र अकिल हुसैनले १३ रन बनाए । भारतका शार्दुल ठाकुरले ७ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि पाँच टि२० आई खेलको सिरिज हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.