default_image

2 years ago

July 29, 2022

इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – अनुभवी ब्याटर राइली रोसोको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ४९ रनमा अल आउट […]

73 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर राइली रोसोको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।


जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका जोनी बेयरस्टोले २१ बलमा ४ चौकासहित सर्वाधिक ३० रन बनाए । ओपनर जस बटलर १४ बलमा १ चौका र ३ छक्कासहित २९ रन जोड्दै आउट भए ।

जेसन रोय २०, डेविड मलान ५, मोईन अली २८, साम करन २ र लियाम लिभिङस्टोन १८ रनमा आउट भए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्शीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । एन्डिले फेहलुकवयोले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले दुई, कागिसो रबाडा र केशव महाराजले एक एक विकेट लिए ।

त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन बनायो । दक्षिण अफ्रिकाका राइली रोसोले ५५ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ९६ रनमा अविजित रहे ।

२०१६पछि दक्षिण अफ्रिकाको टोलीमा पूनरागमन गरेका उनले पहिलो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो ।

रिजा हेनड्रिक्सले ३२ बलमा ३ चौका र २ छक्कासहित ५३ बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । क्विन्टन डि कक १५, हेनरिक क्लासेन १९ र ट्रिस्टन स्टब्सले १५ रन जोडे ।

इंग्ल्यान्डका मोईन अली, रिचर्ड ग्लेसन र क्रिस जोर्डनले एक एक विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णाक खेल आइतबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.