default_image

2 years ago

July 29, 2022

स्कटल्याान्डविरुद्ध न्युजिल्यान्डको रनको वर्षा

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध रनको वर्षा बनाउँदै २ सय ५५ रनको कीर्तिमानी विशाल लक्ष्य लिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । न्युजिल्यान्डको यो टि२० आई इतिहासको उच्च योगफल हो । यसअघि न्युजिल्यान्डको […]

67 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध रनको वर्षा बनाउँदै २ सय ५५ रनको कीर्तिमानी विशाल लक्ष्य लिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो ।

न्युजिल्यान्डको यो टि२० आई इतिहासको उच्च योगफल हो । यसअघि न्युजिल्यान्डको टि२० आईमा उच्च योगफल वेस्टइन्डिज र अष्ट्रेलियाविरुद्ध २०१८ मा समान २ सय ४३ रन थियो । न्युजिल्यान्डलाई विशाल योगफलमा पुर्याउन मार्क च्यापम्यानले ४४ बलमा ५ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रनको उत्कृष्ट इनिङ खेले ।

उनको टि२० आई करिअरको तेस्रो अर्धशतक हो । ओपनर डेन क्लीभर १६ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । माइकल ब्रेसवेलले २५ बलमा ८ चौका र ३ चौकासहित ६१ रनको अविजित इनिङ खेले ।

जेम्म निशमले १२ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा आउट भए । डर्याम मिचेल १९ बलमा ३ छक्कासहित ३१ रनमा आउट भए । स्कटल्यान्डका गेभिन मेनले ४ ओभरमा ४४ रन खर्चेर सर्वाधिक दुई विकेट लिए ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.