default_image

2 years ago

July 29, 2022

वेस्टइन्डिजलाई भारतको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतक र दीनेश कार्तिकको उत्कृष्ट अन्त्यमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । भारतका रोहित शर्माले ४४ […]

83 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतक र दीनेश कार्तिकको उत्कृष्ट अन्त्यमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।


ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । भारतका रोहित शर्माले ४४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । रोहितको यो २७ औं टि२० आई शतक हो ।

भारतले रोहित र सूर्यकुमार यादवलाई ओपनिङ गराएको थियो । सूर्य स्पिनर अकिल हुसैनको बलमा एज लागेर २४ रनमा जेसन होल्डरबाट क्याच आउट भए । सूर्यले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तीव्र गतिका बलर ओबेद म्याकोयको बलमा श्रेयस ऐर शून्यमा अकिल हुसैनबाट क्याच आउट भए ।

ऋषभ पन्त १४, हार्दिक पान्ड्या १ र रविन्द्र जडेजा १६ रनमा आउट भएपछि भारतको विशाल योगफलको सम्भावना टाढिएको थियो । तल्लोक्रमका दीनेश कार्तिक १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे । आश्विन १३ रनमा अविजित रहे । सातौं विकेटका लागि कार्तिक र आश्विनले ५२ रनको अविजित साझेदारी गरेका थिए ।

वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । ओबेद म्याकोय, अकिल हुसैन, जेसन होल्डर र किमो पउलले एक एक विकेट लिए।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.