default_image

2 years ago

July 29, 2022

वेस्टइन्डिजमाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६८ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो । वेस्टइन्डिजका शम्राह […]

87 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६८ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।

वेस्टइन्डिजका शम्राह ब्रुक्सले १५ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाए । ओपनर काइल मेयर्स १५, जेसन होल्डर शून्य, निकोलस पुरन १८, रोभम्यान पावेल र शिम्रन हेटमायर समान १४ रनमा आउट भए । किमो पउल २२ बलमा २ चौकासहित १९ रनमा अविजित रहे ।

भारतका रविचन्द्रन आश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजा र भुवनेश्वर कुमारको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो। भारतका रोहित शर्माले ४४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । रोहितको यो २७ औं टि२० आई शतक हो ।

भारतले रोहित र सूर्यकुमार यादवलाई ओपनिङ गराएको थियो । सूर्य स्पिनर अकिल हुसैनको बलमा एज लागेर २४ रनमा जेसन होल्डरबाट क्याच आउट भए । सूर्यले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तीव्र गतिका बलर ओबेद म्याकोयको बलमा श्रेयस ऐर शून्यमा अकिल हुसैनबाट क्याच आउट भए ।

ऋषभ पन्त १४, हार्दिक पान्ड्या १ र रविन्द्र जडेजा १६ रनमा आउट भएपछि भारतको विशाल योगफलको सम्भावना टाढिएको थियो । तल्लोक्रमका दीनेश कार्तिक १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे । आश्विन १३ रनमा अविजित रहे । सातौं विकेटका लागि कार्तिक र आश्विनले ५२ रनको अविजित साझेदारी गरेका थिए ।

वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । ओबेद म्याकोय, अकिल हुसैन, जेसन होल्डर र किमो पउलले एक एक विकेट लिए। दोस्रो खेल सोमबार हुनेछ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.