default_image

2 years ago

July 31, 2022

नेपाललाई सिरिज खेल्न केन्याको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको छ । केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए । ‘केन्यासँग सिरिज खेल्ने प्रस्ताव आएको छ । जुन समयमा वहाँहरुले प्रस्ताव गर्नुभएको छ त्यो समयमा नेपालमा क्रिकेट हुँदैन […]

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको छ । केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए ।

‘केन्यासँग सिरिज खेल्ने प्रस्ताव आएको छ । जुन समयमा वहाँहरुले प्रस्ताव गर्नुभएको छ त्यो समयमा नेपालमा क्रिकेट हुँदैन । किनभने अगष्टको मध्य समयमा वर्षा हुन्छ । यो बीचमा केन्या बाहेक अरु देशबाट सिरिज खेल्न प्रस्ताव आएको छैन । हाम्रो तालिका पनि खाली छ’, खनालले भने ।

केन्या सन् २००० को समयमा एसोसियट क्रिकेटकै सर्वाधिक बलियो टोली थियो । केन्या २००३ को विश्वकपमा टेस्ट टोलीलाई हराउने एसोसिएट टोली थियो । त्यसबेला विश्वकपको सेमिफाइनलमा केन्या भारतसँग ९१ रनले पराजित भएको थियो ।

उक्त विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो । पछिल्लो एक दशकमा भने केन्याले आफ्नो विरासत गुमाएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।

खनाल सिरिज खेल्ने सम्भावना रहेको बताउँछन् । ‘हाम्रो लागि हाई पर्फर्मेन्सको अवसर पनि हो । यो विषयमा बोर्ड सकरात्मक छ । हामी केन्या जान्छौं होला । अगष्ट चौथो साताको प्रस्ताव गरेका छौं । सायद हामीले खेल्छौं होला । तर आर्थिक विषयमा छलफल गर्नुपर्छ’, खनालले भने ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोटको प्रक्रिया खेलेका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग-२ को शीर्ष ५ स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । वृतान्त टि२० र एकदिवसिय के कति खेलाउने क्यानका क्रिकेट म्यानेजर विनोद दासको निर्णयमा भर पर्ने बताउँछन् ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.