default_image

2 years ago

July 31, 2022

निर्णायक खेल खेल्दै इंग्ल्यान्ड र दक्षिण अफ्रिका

एजेन्सी – दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन […]

224 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन अली उच्च लयमा छन् । पहिलो खेलमा जोनी बेयरस्टाले ५३ बलमा ८ छक्का र ३ चौकासहित कुल ९० र मोईन अलीले १८ बलमा ५२ रन जोडेका थिए ।

यी दुई ब्याटर बाहेक अन्यले राम्रो गर्न सकेका छैनन् । ओपनर तथा कप्तान जस बटलर सुरुवात राम्रो दिएपनि ठूलो इनिङ खेल्न सकेका छैनन् । अर्का ओपनर जेसन रोय लगातार संघर्ष गर्दै आएका छन् । रोयको स्थानमा इंग्ल्यान्डले फिलिप साल्टलाई मौका दिनसक्छ ।

प्रमुख ब्याटर डेविड मलान र लियाम लिभिङस्टोनबाट इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शन चाहन्छ । लिभिङस्टोन ठूला सटका लागि चर्चित छन् । इंग्ल्यान्डको तीव्र गतिको बलिङ कमजोरीको रुपमा छ । रिस टोप्ली, क्रिस जोर्डन, साम करन र रिचर्ड ग्लेसन छन् । करन र ग्लेसन मध्य एकलाई बेन्चमा राखेर डेविड विल्लीलाई आज मैदान उतार्न सक्छ । स्पिनरमा मोईन अली र आदिल राशिद हुनेछन् ।

यता दक्षिण अफ्रिकाका ओपनर रिजा हेनड्रिक्सले दुबै खेलमा अर्धशतक हानेका थिए । राइली रोसोले ९६ रनको अविजित इनिङ खेल्दै दोस्रो खेलमा जित दिलाएका थिए । अनुभवी खेलाडी रोसो र लयमा रहेका हेनड्रिक्सको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
ओपनर क्विन्टन डि कक र कप्तान डेविड मिलरबाट उच्च प्रदर्शन चाहन्छ ।

युवा स्टार ट्रिस्टन स्टब्सले पहिलो खेलमा ८ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए । स्टब्स घातक बन्नसक्छन् । हेनरिक क्लासेनको स्थानमा रास्सी भान डर डुसेनलाई मैदान उतार्न सक्छ ।

एन्डिलो फेहवकुवलोको स्थानमा एनरिच नोर्कियालाई मौका दिनसक्छ । कागिसो रबाडा, लुन्गी एनगिडी र एनरिच नोर्किया तीव्र गतिका बलिङ हतियार हुनेछन् । केशव महाराजको स्थानमा ड्वेन प्रिटोरियसले मौका पाउनसक्छन् । स्पिनरमा तबरेज शाम्सीले निरन्तरता पाउनेछन् । यस खेलपछि यी दुईदेशबीच तीन टेस्ट खेलको सिरिज हुनेछ ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.