default_image

2 years ago

August 1, 2022

च्यापम्यानको सानदार शतकमा न्युजिल्यान्ड विजयी

एजेन्सी – मध्यक्रमका ब्याटर मार्क च्यापम्यानको सानदार शतकमा न्युजिल्यान्डले स्कटल्यान्डलाई एक मात्र ओडिआई खेलमा ७ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका मार्क च्यापम्यानले ७५ बलमा ६ चौका र ७ छक्कासहित १ सय १ रनको शतकीय अविजित खेले […]

132 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर मार्क च्यापम्यानको सानदार शतकमा न्युजिल्यान्डले स्कटल्यान्डलाई एक मात्र ओडिआई खेलमा ७ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।


न्युजिल्यान्डका मार्क च्यापम्यानले ७५ बलमा ६ चौका र ७ छक्कासहित १ सय १ रनको शतकीय अविजित खेले । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । अनुभवी ब्याटर डर्याल मिचेल ६२ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे ।

चौथो विकेटका लागि च्यापम्यान र मिचेलले १ सय ७५ रनको अविजित शतकीय साझेदारी गरेका थिए । ओपनर फिन एलेन र मार्टिन गुप्टिलले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए ।

एलेन ४८ बलमा ९ चौकासहित ५० रनमा आउट भए । गुप्टिल ५३ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । विकेटकिपर डेन क्लिनभर ३२ रनमा आउट भए । स्कटल्यान्डका माइकल लिक्सले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्ड ४९.४ ओभरमा ३ सय ६ रनमा अल आउट भयो । एक समय १०७–५ को अवस्थामा पुगेको स्कटल्यानडलाई तल्लोक्रमका माइकल लीस्कले उत्कृष्ट ब्याटिङ गर्दै उक्त योगफलमा पुर्र्याएका थिए । लीक्सले ५५ बलमा ९ चौका र ४ छक्कासहित ८५ रनको उत्कृष्ट इनिङ खेले ।

मार्क वाट्टले २५ बलमा ५ चौकासहित ३१ र शफ्यान शरिफले २९ बलमा ५ चौकासहित २८ रन जोडे । विकेटकिपर म्याथ्यु क्रसले ५८ बलमा ७ चौकासहित ५३, ओपनर काइल कोट्जर २६, माइकल जोन्स ३६ र कप्तान रिची बेरिङ्गटनले १२ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेल र ज्याकोफ डुुफीले तीन तीन विकेट लिए । लोकी फर्गुसनले दुई विकेट लिए ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.