default_image

2 years ago

August 1, 2022

सामान समयमा नआउँदा खेल सर्यो

एजेन्सी – टिमको सामान समयमा नआएपछि भारत र वेस्टइन्डिजबीच आज राती ८:१५ बजे सुरु हुनुपर्ने दोस्रो टि२० खेल २ घण्टा पछिका लागि स्थगित भएको छ । क्रिकेट वेस्ट इन्डिजले विज्ञप्ति जारी गर्दै खेल स्थगित भएको जानकारी दिएको हो । पहिलो खल भएको ट्रीनिडाडबाट टिमको अत्यावश्यक सामान भएको लगेज सेन्ट किट्स नआएपछि खेल स्थगित गरेको बताइएको […]

85 views

0 Bookmark

एजेन्सी – टिमको सामान समयमा नआएपछि भारत र वेस्टइन्डिजबीच आज राती ८:१५ बजे सुरु हुनुपर्ने दोस्रो टि२० खेल २ घण्टा पछिका लागि स्थगित भएको छ ।

क्रिकेट वेस्ट इन्डिजले विज्ञप्ति जारी गर्दै खेल स्थगित भएको जानकारी दिएको हो । पहिलो खल भएको ट्रीनिडाडबाट टिमको अत्यावश्यक सामान भएको लगेज सेन्ट किट्स नआएपछि खेल स्थगित गरेको बताइएको छ । क्रिकेट वेस्ट इन्डिजले स्थिति आफ्नो नियन्त्रणमा नभएको समेत जनाएको छ । अब खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।

भारतले पहिलो टि२० मा ६८ रनको जित दर्ता गर्दै सिरिजमा १-० को अग्रता लिएको छ । उक्त खेलमा कप्तान रोहित शर्माको अर्धशतक र दिनेश कार्तिकको आक्रामक ब्याटिङमा भारतले १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतीय बलरको कसिलो बलिङसामु वेस्टइन्डिजले ८ विकेटको क्षतिमा १ सय २२ रनमात्र जोड्न सक्यो ।

पाँच खेलको सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । यसअघि भारतले वेस्टइन्डिजमै भएको ३ खेलको ओडीआई सिरिज ३-० ले क्लिनस्विप गरेको थियो ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.