default_image

2 years ago

August 2, 2022

म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतको हार

एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ओबेदेको ६ विकेटमा १९.४ ओभरमा १ सय ३८ रनमा अल […]

100 views

0 Bookmark

एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ओबेदेको ६ विकेटमा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो । खेलाडीको सामान ढिलो आउँदा खेल निर्धारित समय भन्दा तीन घण्टापछि सरेको थियो ।

भारतका हार्दिक पान्ड्याले ३१ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए । रविन्द्र जडेजाले ३० बलमा २७ र ऋषभ पन्तले १२ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाए । म्याककोयले इनिङको पहिलो बलमै कप्तान रोहित शर्मालाई अकिल हुनसैबाट क्याच गराउँदै रोयल डक पेभेलिएन फर्काएका थिए ।

म्याककोयकै तेस्रो ओभरको पहिलो बलमा सूर्यकुमार यादव विकेटकिपर डेभन थोमसबाट ११ रनमा क्याच आउट भए । अर्को ओभरमा अल्जारी जोशेफले श्रेयस ऐरलाई १० रनमा क्याच गर्दै पेभेलिएनको बाटो देखाए । अकिल हुसैनले सातौं ओभरको तेस्रो बलमा पन्तलाई डिपमिडविकेटमा ओडेन स्मिथबाट क्याच गराए ।

१४ औं ओभरको चौथो बलमा जेसन होल्डरले हार्दिक पान्ड्यालाई क्याच आउट गराए । १७ औं ओभरको तेस्रो बलमा म्याककोयले रविन्द्र जडेजालाई आउट गरे ।

ओबेदले १९ औं ओभरको पहिलो बलमा दीनेश कार्तिकलाई ७ रनमा जोशेफबाट क्याच गराए । चौथो बलमा रविचन्द्रन आश्विनलाई १० रनमा क्याच आउट गराउँदै आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो पाँच विकेट लिन सफल भए । अन्तिम बलमा भुवनेश्वर कुमारलाई एक रनमा क्याच गराउँदै ६ विकेट पुर्याएका थिए ।

ओबेद म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । उनी वेस्टइन्डिजबाट ६ विकेट लिने टि२० आईका पहिलो बलर हुन् । भारतविरुद्ध ६ विकेट लिने पहिलो टि२० आई बलर हुन् । विश्व टि२० आईमा समग्रमा ६ विकेट लिने ११ औं खेलाडी हुन् । जेसन होल्डरले ३.४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ६ बलमा जितको लागि १० रन चाहिँएको थियो । देभन थोमसले आवेश खानलाई पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेल सकाए ।

देभन थोमस १९ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । ओपनर ब्रेन्डन किंग ५२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे । पहिलो खेलमा भने शम्राह ब्रुक्सलाई खेलाउँदा किन बेन्चमा थिए । ओपनर काइल मेयर्स ८, कप्तान निकोलस पुरन १४, शिम्रन हेटमायर ६ र रोभम्यान पावेल ५ रनमा आउट भए ।

भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज राती हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.