default_image

2 years ago

August 4, 2022

भारतविरुद्ध भारी बन्दै बायाँ हाते बलर

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेटमा भारत एक शक्तिशाली देश हो । भारतले लगातार सानदार प्रदर्शन गर्दै आएको छ । तर झण्डै एक दशकदेखि भारतले आइसिसीको उपाधि जित्न सकेको छैन । भारतीय क्रिकेट टोलीको मुख्य कमजोरी बायाँ हाते तीव्र गतिका बलर सामना गर्न नसक्नु हो । पछिल्ला ठूला प्रतियोगिता र सिरिज दुवैमा भारतमाथि विपक्षीका बायाँ हाते बलर […]

70 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेटमा भारत एक शक्तिशाली देश हो । भारतले लगातार सानदार प्रदर्शन गर्दै आएको छ । तर झण्डै एक दशकदेखि भारतले आइसिसीको उपाधि जित्न सकेको छैन । भारतीय क्रिकेट टोलीको मुख्य कमजोरी बायाँ हाते तीव्र गतिका बलर सामना गर्न नसक्नु हो ।

पछिल्ला ठूला प्रतियोगिता र सिरिज दुवैमा भारतमाथि विपक्षीका बायाँ हाते बलर हाबी हुँदै आएका छन् । यसै साता वेस्टइन्डिजसँगको दोस्रो टि२० आई खेलमा भारत ५ विकेटले पराजित गर्यो । वेस्टइन्डिजका तीव्र गतिका बलर ओबेद म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

ओबेदले करिअरको उच्च प्रदर्शन मात्र गरेनन् वेस्टइन्डिजबाट टि२० आईमा ६ विकेट लिने पहिलो बलर बने । भारतविरुद्ध पनि यस शैलीको खेलमा ६ विकेट लिने पहिलो विपक्षी बलर हुन् । ओबेदले रोहित शर्मा, सूर्यकुमार यादव, रविन्द्र जडेजा, दीनेश कार्तिक, रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारको विकेट लिएका थिए ।

अघिल्लो महिनामात्र इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्लीले दोस्रो ओडिआई खेलमा लर्ड्समा ९.५ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिदै सहज जित दिलाएका थिए । टोप्लीले ६ विकेट लिएपछि भारत २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ४६ रनमा अल आउट भएको थियो । टि२० र ओडिआई दुवै सिरिजमा टोप्लीले भारतविरुद्ध उच्च प्रदर्शन गरेका थिए ।

यी उदाहरण मात्र हुन् । पाकिस्तानका शाहिन शाह अफ्रिदी, मोहम्मद आमिर, अष्ट्रेलियाका मिचेल स्टार्क र न्युजिल्यान्डका टे«न्ट बोल्टपनि भारतमाथि हाबी हुँदै आएका छन् । गतवर्ष टि२० विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भयो । कुनैपनि विश्वकप इतिहासमा भारत पहिलो पटक पाकिस्तानसँग हारेको थियो ।

बायाँ हाते अफ्रिदीले रोहितलाई शून्य र लोकेश राहुललाई तीन रनमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अफ्रिदीले विराट कोहलीलाई आउट गर्दै भारतलाई १ सय ५१ रनमा रोकेका थिए । विश्वकपको दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै सेमिफाइनल यात्रा अनौपचारिक रुपमा अन्त्य गरेको थियो । ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर तीन विकेट लिएका थिए ।

भारतले २०१९ को एकदिवसिय विश्वकपमा सानदार प्रदर्शन गरेको थियो । तर सेमिफाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पूरा गर्न सकेको थिएन । ट्रेन्ट बोल्ट र म्याट हेनरीको जोडी सामू निरही बनेको थियो । हेनरी भने दायाँ हाते बलर हुन् ।

२०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई १ सय ८० रनले हराउँदै उपाधि जितेको थियो । बायाँ हाते ओपनर फखार जमानको शतकमा पाकिस्तानले ३ सय ३८ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा बायाँ हाते बलर मोहम्मद आमिरले रोहित शर्मा, शिखर धवन र विराट कोहलीलाई आउट गर्दै खेल आफ्नो पक्षमा पारेका थिए ।

२०१५ को एकदिवसिय विश्वकप सेमिफाइनलमा भारतलाई ९५ रनले हराउन अष्ट्रेलियाका तीव्र गतिका बायाँ हाते बलर मिचेल स्टार्क, जेम्श फल्कनर र मिचेल जोनसनले सानदार प्रदर्शन गरेका थिए । अहिले मात्र होईन इतिहास देखिनै भारतले बायाँ हाते बलरमा संघर्ष गर्दै आएको छ ।

२०१७ यता समग्र टि२० आईमा बायाँ हाते बलरविरुद्ध भारतको इकोनमी ७.८४ छ । तर सुरुवाती तीन ओभर हेर्ने हो भने नयाँ बलमा टि२० आईमा इकोनोमी ६.२ छ । टेस्ट टोलीमा टि२० आईमा नयाँ बलमा भारतभन्दा कमजोर वेस्टइन्डिजमात्र रहेको छ । २०१७ यता बाहाँ हाते बलरविरुद्ध सर्वाधिक औसत लोकेश राहुलको ७१.५० छ । शिखर धवनको ४२.७३ छ । रोहितको बायाँ हाते बलरविरुद्ध औसत २५.८० र कोहलीले २७.५५ छ । स्ट्राइक रेटको तुलना गर्दा सबै ब्याटरले बायाँ हातेविरुद्ध तुलनात्मक रुपमा सुस्त गतिमा रन जोड्छन् ।

२०१७ यता टि२० आई र ओडिआईमा २० रन भन्दा कम जोड्दै बायाँ हाते बलरविरुद्ध आउट हुनेमा शिखर धवन अघि छन् । धवन २४.६९ प्रतिशत, कोहली २२ प्रतिशत र रोहित १९.२ प्रतिशत समय २० रन जोड्नुअघि बायाँ हाते बलरको शिकार भएका छन् ।

भारतले बायाँ हाते बलर खेल्न नसक्नुको मुख्य कारण आफूसँग सोही क्षमताको बलर नहुनु हो । भारतमा अहिले स्तरिय बायाँ हाते तीव्र गतिका बलर छैनन् । जसले गर्दा उनीहरुले राम्रो तयारी गर्न पाउँदैनन् । अर्कोतर्फ दायाँ र बायाँ हाते ब्याटरको सन्तुलन नहुनु पनि हो । एउटा मानसिक परम्परा समस्या पनि हुनसक्छ । भारतलाई यो समस्याले आगमी दिनमा अझ निराश बनाउन सक्छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.