default_image

2 years ago

August 2, 2022

बर्लले हाने एकै ओभरमा ३४ रन

एजेन्सी – जिम्बावेका अलराउन्डर रयान बर्लले बंगलादेशसँगको तेस्रो टि२० आई खेलमा एकै ओभरमा पाँच छक्का र एक चौकासहित कुल ३४ रन प्रहार गरेका छन् । बर्लको आक्रामक ब्याटिङको सहयोगमा जिम्बावेले बंगलादेशलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै […]

112 views

0 Bookmark

एजेन्सी – जिम्बावेका अलराउन्डर रयान बर्लले बंगलादेशसँगको तेस्रो टि२० आई खेलमा एकै ओभरमा पाँच छक्का र एक चौकासहित कुल ३४ रन प्रहार गरेका छन् । बर्लको आक्रामक ब्याटिङको सहयोगमा जिम्बावेले बंगलादेशलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । जिम्बावेका रयान बर्लले २८ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । उनको टि२० आई करिअरको दोस्रो अर्धशतक हो ।

बर्लले १५ औं ओभरमा ३४ रन जोडेका थिए । बर्लले स्पिनर नासुम अहमदलाई सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरेका थिए । त्यसपछि पाँचौं बलमा उनले चौका र छैटौं बलमा छक्का प्रहार गरेका थिए । बर्लले मेहदी हसनलाई छक्का हान्दै २४ बलमा अर्धशतक पूरा गरे । बर्लले गतवर्ष एभरेष्ट प्रिमियर लिग काठमाडौं किंग्स इलेभेनबाट खेलेका थिए ।

एक समय ६७–६ को दयनीय अवस्थामा पुगेको जिम्बावेलाई बर्ल र ल्यूक जोंगवेले सातौं विकेटका लागि आक्रामक ७९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ल्यूक जाेंगवेले २० बलमा ४ चौका र २ छक्कासहित ३४ रन जोडे ।

ओपनर क्रेग इर्विन २७ बलमा २ चौका र १ छक्कासहित २४, रेजिस चकभा १७ र सिकन्दर राजा गोल्डेन डक आउट भए । बंगलादेशका मेहदी हसन र हसन मोहम्मदले दुई दुई विकेट लिए ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.