default_image

2 years ago

August 2, 2022

बर्लको आक्रामक ब्याटिङमा जिम्बावेलाई सिरिज

एजेन्सी – अलराउन्डर रयान बर्लको आक्रामक ब्याटिङमा जिम्बालेले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई १० रनले हराउँदै सिरिज जितेको छ । जिम्बावेले तीन खेलको सिरिज २–१ ले जितेको हो । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । बंगलादेशका अफिफ हुसैनले २७ […]

120 views

0 Bookmark

एजेन्सी – अलराउन्डर रयान बर्लको आक्रामक ब्याटिङमा जिम्बालेले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई १० रनले हराउँदै सिरिज जितेको छ । जिम्बावेले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । बंगलादेशका अफिफ हुसैनले २७ बलमा ३ चौकासहित सर्वाधिक ३९ रन बनाए । मेहेदी हसन २२ र महमुदूल्लाह रियाद २७ रनमा आउट भए ।

ओपनर लिटन दास १३, अनमुल हक १४ र नाम्जो सान्टो १६ रनमा आउट भए । जिम्बावेका भिक्टर न्याउचीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ब्राड इभान्सले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । जिम्बावेका रयान बर्लले २८ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । उनको टि२० आई करिअरको दोस्रो अर्धशतक हो ।

बर्लले १५ औं ओभरमा ३४ रन जोडेका थिए । बर्लले स्पिनर नासुम अहमदलाई सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरेका थिए । त्यसपछि पाँचौं बलमा उनले चौका र छैटौं बलमा छक्का प्रहार गर्दै एकै ओभरमा ३४ रन प्रहार गरेका थिए । बर्लले मेहदी हसनलाई छक्का हान्दै २४ बलमा अर्धशतक पूरा गरे । बर्लले गतवर्ष एभरेष्ट प्रिमियर लिग काठमाडौं किंग्स इलेभेनबाट खेलेका थिए ।

एक समय ६७–६ को दयनीय अवस्थामा पुगेको जिम्बावेलाई बर्ल र ल्यूक जोंगवेले सातौं विकेटका लागि आक्रामक ७९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ल्यूक जोंगवेले २० बलमा ४ चौका र २ छक्कासहित ३४ रन जोडे ।

ओपनर क्रेग इर्विन २७ बलमा २ चौका र १ छक्कासहित २४, रेजिस चकभा १७ र सिकन्दर राजा गोल्डेन डक आउट भए । बंगलादेशका मेहदी हसन र हसन मोहम्मदले दुई दुई विकेट लिए ।

पहिलो खेलमा जिम्बावे १७ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । जिम्बावे र बंगलादेशबीच अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.