default_image

2 years ago

August 2, 2022

मेयर्स चल्दा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । वेस्टइन्डिजका ओपनर काइल मेयर्सले ५० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक […]

83 views

0 Bookmark

एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले ५० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रन बनाए । उनको यो टि२० आई करिअरको दोस्रो र उच्च प्रदर्शन हो ।

रोभम्यान पावेलले १४ बलमा २ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । शिम्रन हेटमायर १२ बलमा २ छक्कासहित २० रनमा रन आउट भए ।

पहिलो विकेटका लागि मेयर्स र ब्रेन्डन किंगले ७.२ ओभरमा ५७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । किंग हार्दिक पान्ड्याको बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए । किंगले २० बलमा ३ चौकासहित २० रन बनाए ।

कप्तान निकोलस पुरन २३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए । भारतका भुवनेश्वर कुमारले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.